• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरउपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।

    उहाँले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । “पुराना बालीमध्येको कालो नुनियालाई किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ”, उपप्रमुख कार्कीले भन्नुभयो, “नगरपालिकाले किसानलाई बीउ र अनुदान दिने गरेको छ ।” कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन रु चार हजारका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउनुहुन्छ । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती बर्सेनि विस्तार हुँदै गएको दाबी गर्नुभयो । पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उहाँको भनाइ छ ।

    समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ । परम्परागत बाली संरक्षणका लागि शिवसताक्षीमा २०६५ सालमा समितिको स्थापना भएको थियो । त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा परम्परागत बालीको बीउ बैंक स्थापना गरिएको थियो । बीउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले कालो नुनिया धानमा प्रतिपाँच कठ्ठा रु पाँच सय अनुदान दिँदै आएको छ । विगत दुई वर्षमा अनुदानका लागि नौ सय कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो ।

    नगरभित्र छ सय बिघा क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले दाबी गर्नुभएको छ । समितिले शिवसताक्षीमा स्थापना गरेको बीउ बैंकमार्फत एक सय २० प्रजातिका परम्परागत धानको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा बीउका लागि एक सय सात प्रजातिका धान यसपालि फलाइएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले परम्परागत धानको बीउ देशभरबाट सङ्कलन गरेर एउटै खेतमा रोपेर फलाइएको जानकारी दिनुभयो । “जुम्लामा फल्ने मार्सीदेखि पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान हामीले फलाएका छौँ”, उहाँले भन्नुभयो, “पुराना धान र तरकारी बालीको बीउ नमासिउन् भनेर संरक्षणका लागि हामीले प्रयास गरिरहेका हौँ ।”

    नुनियाजस्तै बासनादार धानका रूपमा चिनिएको बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धान यहाँ फलाइएको छ । त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

    त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघजुङ्गे धान फलाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र परम्परागत धान संरक्षणमा सहयोग गरिरहेको बताउनुभयो । कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि बीउ उत्पादन गरी संरक्षण गर्दै आएको छ ।

    जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.