• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहँेलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् ।

    सुन्तलाखेती गर्दै आउनुभएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उहाँले भन्नुभयो, “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको छ ।”

    सोही गाउँका अर्का किसान हरिबहादुर नेपालले पनि सुन्तला बिक्रीका लागि बजारको समस्या नरहेको बताउनुभयो । बगानमैै आएर व्यापारीले सुन्तला खरिद गरिरहेको उहाँले बताउनुभयो । सुन्तलाले मूल्य पाए पनि पछिल्लो केही वर्षयता बोट मर्ने क्रम बढेकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

    इच्छाकामना गाउँपालिका कृषि शाखाका प्राविधिक आशिष त्रिपाठीले यहाँका सुन्तला स्वादिष्ट हुने हुँदा बजारको समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार इच्छाकामना–१ को भाराङ, वडा नं २ कोे तल्लो काउले, वडा नं ३ को तोक्दाङ ढाप, माझगाउँ, सिरानगाउँ, तल्लो डुडे, माथिल्लो डुडे, वडा नं ५ को तामिन, ठङरङ, नेपेडाँडा, र वडा नं ६ को ढालामा सुन्तलाखेती हुँदै आएको छ ।

    यहाँ उत्पादित सुन्तला मुग्लिन, कुरिनटार, फिस्लिङ लगायतका बजारमा बिक्रीका लागि लगिन्छ । फिस्लिङको तरकारी तथा फलफूल बिक्री केन्द्रबाट होलसेल मूल्यमा नारायणगढ, काठमाडौँ, पोखरालगायत विभिन्न सहरमा सुन्तला लैजाने गरिन्छ ।

    गाउँपालिकाको कृषि शाखाका अनुसार इच्छाकामना गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हँुदै आएको छ । आगामी आर्थिक वर्षमा १५ देखि २० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गर्ने गाउँपालिकाको योजना छ । किसानलाई गाउँपालिकाले अनुदानमा बेर्ना उपलब्ध गराउने योजना रहेको कृषि प्राविधिक त्रिपाठीले जानकारी दिनुभयो ।

    गत वर्ष इच्छाकामनाका किसानले सुन्तलाबाट रु आठ करोड भित्र्याएका थिए । चालु आर्थिक वर्षमा पनि सोही हाराहारीमा आम्दानी हुने अनुमान गरिएको छ ।

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले माटो परीक्षण तथा चुना वितरण, सुन्तलाको बेर्ना तथा कृषि सामग्री अनुदानमा वितरण, किसानस्तरीय बगैँचा व्यवस्थापन तालिम, सिँचाइका लागि सहयोग, प्राविधिक सेवाहरु उलब्ध गराउँदै आएको छ । गाउँपालिकाले गत वर्ष सुन्तला पकेट क्षेत्र वडा नं ३ स्थित माझ गाउँमा सुन्तला महोत्सव समेत आयोजना गरेको थियो ।

    अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका सुन्तला राजमार्गका पसल र विभिन्न सहरमा पुग्ने गरेको भए पनि इच्छाकामनाको हो भन्ने थाहा थिएन, अहिले इच्छाकामनाको सुन्तला खोजी हुन थालेको छ ।”

    किसानको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउन गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र र भण्डारणका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.