• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा कृषि प्रदर्शनी तथा कृषक मेला सकियो, १४ हजारले गरे अवलोकन

  •   बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा पाँच दिनदेखि जारी दोस्रो संस्करणको ‘कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१’ सम्पन्न भएको भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा मंसिर २९ बाट सुरु गरिएको मेला आज पुस ३ गते समापन गरिएको हो । मेला आयोजक कमिटीका सचिवालय संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राडा ऋषिराम कट्टेलले मेला अवधिभर १४ हजार सहभागी भएको जानकारी दिए । उनले मेलामा १५ लाखको कारोबार भएको जानकारी दिए । मेलामा कारोबार गर्नुभन्दा पनि कृषि प्रविधि, ज्ञान र सीपको हस्तान्तरण बढी महत्वपूर्ण रहेको उनले बताए ।

    महोत्सवमा विश्वविद्यालयका विद्यार्थी, विभिन्न संकाय, कृषि उद्यमीका साथै केही व्यावसायिक स्टल गरी ९८ वटा स्टल रहेका थिए । मेलामा निःशुल्क माटो परीक्षण, रैथानी बाली प्रदर्शन, कृषि उपकरणको प्रदर्शनी, निःशुल्क बाली एवम् पशु उपचार शिविर, बीउ बिजन परीक्षण, बाली बीमा र कृषि कर्जा सम्बन्धि परामर्श, सरोकारवाली बीच विविध विषयमा अन्र्तक्रिया तथा बहस, नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधि भएका थिए । मेलामा नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस, दिगो खाद्य प्राणालीका लागि कृषिमा रुपान्तरण विषयक बहस, रैथाने तथा कोदोजन्य बाली प्रवद्र्धन अन्तरसंवाद र मानव वन्यजन्तु द्वन्द्व विषयक समुहगत बहस गरिएको थियो ।

    बहसमा सम्बन्धित क्षेत्रका विज्ञहरुसहित किसानको उपस्थिति रहेको थियो । मेला आयोजक समिति संयोजक एवम् विश्वविद्यालयका उपकुलपति एवम् रजिष्ट्रार प्राडा शारदा थपलियाले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि यस्ता मेलाले धेरै योगदान दिने थपलियाको भनाइ छ । कृषि मेलाको पहिलो संस्करण २०७६ सालमा भएको थियो । कोरोना लगायतका विविधि कारणले ५ वर्षपछि मेला गर्नुपरेको बताउँदै उपकुलपति थपलियाले अब यसलाई नियमित रुपमा गरिने बताइन् । अब हुने मेलाको समिक्षा बैठकमा आगामि मिति तोकिने उनको भनाइ छ ।

    मेलाको समापन समारोहमा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख उपस्थिति रहेको थियो भने मेलाको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले गरेका थिए । समापन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले कृषि विश्वविद्यालयबाट उत्पादित विद्यार्थीहरु कृषि उद्यममा लाग्नुका साथै अन्य किसानहरुलाई पनि विद्यार्थीहरुले सिकाउन आवश्यक रहेको बताए । त्यसका लागि सरकारले विद्यार्थीलाई गर्नुपर्ने सहयोग गर्ने तयारी गरिरहेको उनको भनाइ छ । विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुलाई कृषि उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले कृषि उद्यम गर्न चाहने विद्यार्थीलाई शर्सत अनुदान रकम उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उनले बताए ।

    त्यसैगरी रैथाने बालीको विकास गरी देशलाई बिउमा आत्मनिर्भर बनाउनतर्फ विश्वविद्यालयले अझै बढी जोड दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने आवश्यकतालाई मनन गर्दै प्रदेश सरकार प्राङ्गारिक कारखना स्थापना गर्नतर्फ अगाडि बढेको उनको भनाइ छ । समापन समारोहमा मेला आयोजक समिति सचिवालय सदस्य एवम् विश्वविद्यालयका उपप्राध्यापक सुमन ढकालले मेला सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे भने स्वयंसेवक परिचालन समितिका संयोजक एवम् विश्वविद्यालयका उप प्राध्यापक दिनेश भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.