कुरिनटार । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरेको आरोपमा दुई वटा ट्रिपरलाई नियन्त्रणमा लिइएको छ । त्रिशुली नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ लैजाने तयारी गरेको अवस्थामा दुई वटा ट्रिपरलाई नियन्त्रणमा लिइएको इलाका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए । प्रहरीका अनुसार बा ५ ख ५२१६ र बा४ख २९०२ नम्बरको ट्रिपरलाई इच्छाकामना–४, कुरिनटारस्थित सोताबगरबाट सोमबार राति १२ः३० बजे नियन्त्रणमा लिइएको हो । दुबै ट्रिपरलाई गाउँपालिकामा बुझाइएको प्रहरी निरिक्षक रानामगरले बताए ।








