चितवन । अटिजम केयर चितवन सोसाइटीले शनिबार भरतपुरमा समावेशी शिक्षा परियोजनाबारे सञ्चारकर्मीबिच अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा परियोजना संयोजक सुशील मगर र ह्याण्डीक्याप इन्टरनेशनलका रमेश बरालले समावेशी शिक्षाबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
इन्क्लुसिभ फ्युचर्स, ह्याण्डीक्याप इन्टरनेशनल र युके एडको सहयोगमा अटिजम केयर चितवन सोसाइटीले चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना संचालन गरेको छ ।
अपांगता भएका एवं थप सिकाइ आवश्यक भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि समावेशी शिक्षाका प्रणाली र सेवामा सुदृढीकरण गर्न समावेशी शिक्षा परियोजनाले काम गर्दै आएको छ ।








