चितवन । पुर्वीचितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । खैरहनी १ तरकारी चोकमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५३ प ९७५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको ना ३ ख ५५४ नम्बरको ट्रकले आज बिहान ठक्कर दिएको थियोे । दुर्घटनामा परि डोल्पा घरभई हाल खैरहनी ६ बस्दै आएका मोटरसाइकल चालक २४ बर्षिय अर्जुन गुरुङ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक रिषीराम घर्ती मगरले जानकारी दिए । उनलाई उपचारको पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।








