• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ । बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उहाँले ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै प्रस्तुतीको आरम्भ गर्नुभयो । उहाँको पर्खाइमा रहेका दर्शकलाई नेपाली गीत सुन्दा आफ्नोपनको आभास भयो । भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुति दिनुभयो । उहाँले आफू नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको स्टेजबाटै बताउनुभयो ।

    उहाँले नेपाली दर्शकले दिएको माया र साथको बेलाबेलामा प्रसंशा गरिरहनुभयो । “नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु”, गायक निगमले भन्नुभयो । बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा थाल्नु भएका निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताउनुभयो । “यो वर्ष मैले गाएको ४७ औँ वर्ष हो । यसकारण पनि नेपाल आउँदा म निकै खुसी छु । नेपाली गीतमार्फत तपाईहरू (नेपाली) सँग साक्षात्कार भएको थियो, अहिले यस्तो भव्य रुपमा प्रस्तुती दिन पाएँ”, गायक निगमले भन्नुभयो । उहाँ गीत गाउँदागाउँदै बेलाबेलामा दर्शकलाई आफ्नो कुरा भन्ने गर्नुहुन्थ्यो ।

    शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पाश्र्वगायनमा स्थापित गरेको थियो । त्यसपछि उहाँको साङ्गीतिक यात्राले समातेको लय अहिलेसम्म कायम छ । यसैवर्ष गत तिहारमा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा उहाँले स्वर दिनुभएको ‘मेरे ढोलना सुन’ बोलको गीत अहिले गीतसङ्गीत प्रेमी माँझ लोकप्रिय छ । यसकारण पनि गायक निगम अघिल्लो मात्र नभई नयाँ पुस्ता माँझ पनि परिचित गायक हुनुहुन्छ । उहाँलाई नेपाल ल्याउनु कारण नै यही रहेको आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले बताउनुभयो । ‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमा दर्शकले दिएको साथले उहाँलाई उर्जाशील बनायो ।

    ‘मेरो सुन्ने गीतमै तपाइँहरूले गाएर र नाचेर साथ दिनुभयो । अब म तपाइँलाई नचाउँन आफ्ना डान्सिङ गीत प्रस्तुत गर्नेछु । म यसको लागि नै माहिर छु, जस्तो लाग्छ । आउनुस्, मस्ती गरौँ’ यति भनेपछि गायक निगमले आफ्ना ‘फास्ट नम्बर’ भनिने नृत्य गर्ने गीतहरू प्रस्तुत गर्नुभयो । उहाँले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा कार्यक्रम हेर्न पुगेका सबै समूहका दर्शक नाच्न बाध्य भएका थिए । विशेषत सन् १९९० देखि २०२४ सम्मका गीतलाई मिश्रण गरेर गाउँदा दुवै उमेर समूहका दर्शकले ‘इञ्जोय’ गरे । गायक निगमले नेपालको बारेमा आफूले बाहिर कार्यक्रम गर्दा धेरै सुनेको बताउनुभयो । “उहाँ (सोनु निगम) ले धेरै नेपाली गीत गाउनुभएको छ । तर, नेपालमा यस्तो कन्सर्ट भएको रहनेछ ।

    सोही कारण हामीले उहाँलाई क्रिसमसमा नेपाली माँझ प्रस्तुत गरेका हौँ । हामीले अपेक्षा गरे झैँ उहाँलाई प्रत्यक्ष सुन्न सबै वर्ग र उमेरसमूहका दर्शक आउनुभयो । यो कमै गायकले गर्न सक्नुहुन्छ । उहाँलाई प्रत्यक्ष सुन्नुको अनुभव बेग्लै रह्यो”, निर्देशक घिमिरेले बताउनुभयो । गायक निगमलाई प्रत्यक्ष सुन्न गायक प्रमोद खरेल पनि ह्यात चौर पुग्नुभएको थियो । गायक निगमको गायकी प्रशंशकसँगै सङ्गीत प्रेमी माँझ पनि लोकप्रिय छ । उहाँले स्टेजमा गाउने गीतमा समेत सुर र ताल मिलेको प्रतिक्रिया आउने गरेको छ । साथै, गायक निगमले आफ्नै गीतलाई भिन्न तरिकाले प्रस्तुत गर्नुहुन्छ । कार्यक्रमको उत्तरार्धमा उहाँले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’ गाउनुभयो । यो गीतलाई उहाँले आफ्नो जीवनकै महत्वपूर्ण गीत भन्नुहुन्छ ।

    “म कुनै दिन यो धर्तीमा रहिन् भन्ने खबर तपाइँ माँझ आइपुग्यो भने सँगै स्मरण हुने गीत हो, ‘कल होना हो’ । यो गीतको शब्द र सङ्गीतको म आफैँ पनि प्रसंशक हुँ । यस्ता गीतमा मेरो स्वर हुनु मेरो लागि जीवनकै ठूलो उपलब्धी हो”, गायक निगमले भन्ने गर्नुभएको छ । ह्यात चौरमा दर्शकबाट छुटिने समयमा गायक निगमले ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गाउनुभयो । यी गीतसँगै गायक निगमलाई स्टेजबाट विदाई गर्न दर्शक तयार भए । उहाँले जादा जाँदै भन्नुभयो,“यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ ।

    हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु ।” आयोजकमध्येका एक राजकुमार गोश्वामीले अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँका अनुसार आज गायक निगमले काठमाडौँ घुमघाम गरेर बेलुकी स्वदेश भारत फर्किनु हुनेछ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.