• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

तोरी उत्पादनमा पहिचान फेर्दै भेडाबारी फाँट

  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपुरको गैँडाकोट–११ मा पर्ने भेडाबारी फाँटले विस्तारै आफ्नो पहिचान फेर्दै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुख्खा भएर गौचरनको रुपमा रहने यस फाँट अहिले तोरीले पहेँलपुर भएको छ । पहिलो स्थानीय तहको निर्वाचन २०७४ पछाडि आएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको हो । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ गर्नका लागि बोरिङ गाड्ने तथा सिँचाइको कुला बनाउने काम गरिरहेको छ । चैतेधानको पकेट क्षेत्र रहेको यस ठाउँ जोनमा परिणत हुन लागेको छ ।

    गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको बताउनुभयो । ‘धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ’ उहाँले भन्नुभयो, ‘कृषकहरुलाई करिब चार सय बिघामा तोरीखेती गर्नका लागि ५० प्रतिशत अनुदानमा तोरीको बिउ वितरण गरेका छौँ ।’ नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बिउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो । भेडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झल्दै आएको कोइरालाले बताउनुभयो ।

    पालिकाले निरन्तररुपमा सिँचाइको व्यवस्था गरेको भन्दै उहाँले नगरपालिकाले सहयोग गरेका कारण किसानहरु पनि उत्साही भएर उनीहरुले पनि सक्दो प्रयास गर्दै उत्पादनमा जोड दिइ रहेका बताउनुभयो । भेडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेका कारण यस वर्षको बजेटले फत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माण गर्नका लागि व्यवस्था गरेको उपप्रमुख कोइरालाले बताउनुभयो । ‘हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरु निर्माण गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो, ‘नमूनाको लागि ११ मा उन्नत जातको तोरीको बिउ वितरण गरिएको । उत्पादन राम्रो भएमा तोरी खेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा हामी छौँ ।’ तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा समेत सघाउने उहाँले बताउनुभयो ।

    गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेडाबारीमा तोरी खेती कमै हुने गरेको बताउनुभयो । ‘सबै खेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो’ उहाँले भन्नुभयो, ‘भेडाबारी फाँटमा चैतपछि पानी नै नहुने समस्या थियो । अहिले सिँचाइ पुगेका कारण हिउँदमा पनि फाँट हराभरा भएको छ ।’ स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की कुलो थप गर्दै कुलाको छेउमा बाटो, बत्ती र पानी पु¥याउने योजनामा अगाडि बढेको वडाध्यक्ष सुवेदीले बताउनुभयो । राजमार्गबाट उत्तरतर्फ २८ वटा बोरिङ र दक्षिणतर्फ ८ वटा बोरिङ चालु अवस्थामा रहेका भन्दै उहाँले तोरी छर्ने क्षेत्रफल र उत्पादनसमेत बढ्दै गएको बताउनुभयो ।

    मुकुन्दसेन कृषक समूहका अध्यक्ष निर्मल न्यौपानेले भेडाबारी फाँटको अहिले चार सय बिघा क्षेत्रफलमा अहिले मोरङ–२ र उन्नती जातको तोरीको बिउ लगाइएको बताउनुभयो । ‘अहिले यहाँको फाँटमा तोरी हेर्दा राम्रो देखिएको छ’ उहाँले भन्नुभयो, ‘पहिले लगाउने स्थानीय जात र अहिलेको उन्नत बिउमा धेरै फरक छ, जसको कारण किसानहरु निकै उत्साहित भएका छन् ।’ गत वर्षबाट उन्नत बिउ ल्याएर किसानहरुलाई वितरण गरिएको न्यौपानेले बताउनुभयो । तोरीको उत्पादन राम्रो भएका कारण व्यावसायिक तोरीखेतीतर्फ आफूहरु आकर्षित भएको उहाँको भनाइ छ ।

    गत वर्ष एक बिघा क्षेत्रफलमा ११ क्विन्टल तोरी उत्पादन भएको उहाँले बताउनुभयो । गाईभैँसीको मल हाल्दा राम्रो उत्पादन हुने भएकाले उत्पादन लागत कम पर्ने र लागतअनुसारको उत्पादन किसानहरुले पाएको न्यौपानेको भनाइ छ । गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले यसवर्ष गैँडाकोट नगरपालिकाको करिब दुई हजार बिघा क्षेत्रफलमा तोरीखेती लगाइएको बताउनुभयो । भेडाबारीको एउटै ब्लकमा चार सय बिघा र अन्यत्र थोरै थोरै क्षेत्रफलमा तोरीखेती गरिएको शर्माको भनाइ छ । पालिकाले यसवर्ष चार सय बिघा क्षेत्रफलमा मात्रै अनुदान दिएको भन्दै शर्माले आगामी वर्षमा तोरीको अनुदान दिइने क्षेत्रफल बढाउँदै लैजाने बताउनुभयो ।

    ‘पाँच वर्ष अगाडिसम्म हिउँदको समयमा सिँचाइ नहुँदा सुख्खा जमिन गौचरनको रुपमा थियो’ उहाँले भन्नुभयो, ‘विशेष गरी धानपकेट भनेर १५ बिघामा चैते धान रोप्ने योजना बनाएर अगाडि बढ्दा उत्पादन राम्रो र किसानहरुको आकर्षण बढ्दै जाँदा १०० बिघा पु¥याइएको र अहिले चार सय बिघामा चैतेधान उत्पादन हुँदै आएको छ ।’ यसवर्ष चैतेधान रोपेका किसानहरुलाई तोरीको बिउ अनुदान दिने, सिँचाइ उपलब्ध गराउने योजनाअनुसार तोरीको बिउ वितरण गरिएको शर्माले बताउनुभयो । भेडाबारीको वरिपरी छ सय बिघामा चैतेधान क्षेत्र बढाउने योजनाअनुसार पालिकाको वडा नम्बर १२, १४, १५ पनि समावेश गरिएको उहाँले बताउनुभयो ।

    विस्तारै अन्य क्षेत्रमा पनि चैतेधान बढाउँदै लैजाने भन्दै उहाँले चैतेधान बढ्नु भनेको सिँचाइको सुविधा बढ्नु भएकाले चैतेधान लगाइने क्षेत्रमा हिउँदमा तोरीको बिउ वितरण गरिने बताउनुभयो । यहाँ उत्पादन भएको तोरीले स्थानीयको माग पूरा गरेर जिल्ला बाहिरसमेत बिक्री वितरण हुने गरेको बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.