• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लम्की (कैलाली) ।  जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज शिलान्यास गर्नुभएको छ । लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबीच उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ ।

    प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न हुनुका साथै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिमकासाथै समग्र मुलुकको समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।” यस आयोजनालाई समयमा सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन मन्त्री डा देउवाले सबैसँग आग्रह गर्नुभयो । उहाँले केबलकार समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आगामी दिनमा यस क्षेत्रका सम्भावना र आवश्यकता हेरेर पर्यटन पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्न अनुरोध गर्नुभयो ।

    “काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरूको दक्षता, अनुभव र क्षमताअनुसार यो केबलकार प्रोजेक्ट समयमा सम्पन्न होस् भनी कामना गर्दछु”, उहाँले भन्नुभयो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यहाँ निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो । “सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरू कम छन् ।

    यस्ता पूर्वाधारका थप आयोजनाहरू लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईंहरूलाई स्वागत र सहयोग गर्दछौँ,” उहाँले भन्नुभयो । मन्त्री शाहीले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गर्नुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढीभन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरूलाई आग्रह पनि गर्नुभयो ।

    जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ । हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ ।” प्रालिका अध्यक्ष ढकालले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने भन्दै यसबाट राजस्व पनि बढी सङ्कलन हुने उल्लेख गर्नुभयो ।

    उहाँले ‘केबलकार पर्यटन सर्किट’ बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताउनुभयो । यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र तीनै तहका सरकारका साथै सरोकार भएका निकायहरूको सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दै अन्य केबलकार निर्माण क्षेत्रका लागि पाएको सहयोग पनि उदाहरण बन्न पुगेको पनि उल्लेख गर्नुभयो । व्यवसायी ढकालले अहिले काठमाडौँको चन्द्रागिरि, बुटवल र गैँडाकोटमा पनि केबलकार सञ्चालन गरिरहनु भएको छ ।

    साथै पाथीभारा र चिसापानीमा केबलकार निमार्ण सुरु भएको बताउँदै उहाँले सबै केबलकारलाई एकिकृत योजनाअन्र्तगत सञ्चालन गरिने जानकारी दिनुभयो । लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल रु पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन्भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् । रासस

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.