• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

चितवनको पहिलो रेडियो सिनर्जी एफ एम देखि २० औं वर्षमा प्रवेश, आश्रममा आश्रित बालिकाहरूसंग वार्षीकउत्सव

  •   बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज ले देवघाटस्थित श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरूलाई खाना खुवाएको छ । रेडियोले बुधबार २० औं वार्षीकउत्सवको अवसरमा आश्रममा आश्रित बालिकाहरूलाई एक दिनको खाना खुवाएको हो । वार्षीकउत्सवको अवसमार सिनर्जी एफएममा कार्यरत कर्मचारीहरु आश्रम पुगेका थिए । आश्रममा रहेका बालिकाहरूले हिन्दु धर्मअनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै रेडियोलाई शुभकामना समेत दिएका थिए । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित उक्त आश्रममा करिब ३० जना बालिकाहरू आश्रित छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथी तथा कसैको विवाह उत्सव आदि कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रमको आफ्नै भव निर्माणको चरणमा छ । आश्रमले ६ महिनादेखि ६ वर्षसम्मका बालिकाहरूलाई आश्रय दिँदै आइरहेको उनले बताइन् । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहनेहरूका लागि बाटो खुला रहेको आश्रमकी अध्यक्ष टण्डनले बताइन् । कार्यक्रममा सिनर्जी एफ.एममा स्टेशन म्यानेरले रेडियो मार्फत आश्रमलाई आवश्यक सहयोग गर्न आफुहरु सधै तयार रहेको समेत बताउनु भएको थियो । कोभिड विच भौतिक दुरु कायम गर्दै गरीएको उक्त कार्यक्रममा संचारीका समुह चितवनको अध्यक्ष अजिता अधिकारी , सिनर्जी एफ.एमका प्रोगम म्यानेजर मनोज घिमिरे, समचार प्रमुख जिवन रानाभाट र आश्रमको तर्फ बाट आश्रमकी अध्यक्ष सावित्री टण्डन महासचिव रामेश्वर खनाल , आश्रमकी बालिका काल्याणी लोककल्यणी ले मन्तव्य सहितको शुभकामना राख्नु भएको थियो । यस्तै चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम ९१ दशमलव ६ मेघाहर्ज २० औं वर्षमा प्रवेश गरेको अवसरमा एफएमका प्रबन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहन प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना प्रदान गर्नुभएको छ । उहाँले एक विज्ञप्तीमार्फत स्थापनाकालदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ–सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको छ । विज्ञप्तिमार्फत प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । चितवनको लोकप्रिय रेडियो सिनर्जी एफएमले यस क्षेत्रको सामाजिक र आर्थिक विकासका लागि स्थापनाकालदेखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफएमले आफ्नो भूमिका निर्वाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ । कोरोना भाईरस कोभिड १९ को समयमा समेत उचतम सतर्कताका साथ आफ्नो प्रशारणलाई नियमीत गरेको बताउदै उहाँले जस्तो सुकै परिस्थितीमा समेत जनताको सुसुचित हुने अधिकारलाई आफ्नो संस्थाले पहिलो प्राथमीकता राख्ने बताउनु भयो । रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोरोना भाईरस कोभिड १९ का कारण वार्षिकउत्समा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनु भयो । हामीले २० औं वर्षको प्रवेशमा अनलाईन र फोन बाट विभिन्न कार्यक्रम गरेका छौं, ‘यस पटक कोरोना भार्ईरसका कारण स्रोता माझनै पुग्ने स्टुडियो बाहिर आयोजना गरीने कार्यक्रम गर्न सकिएन”– पौडेले बताउनु भयो । हामीले फोन, म्यासेज र अनलाईन बाट स्रोताका प्रतिक्रियाहरु लिएका छौं । भावी दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै स्रोताकै अपेक्षा अनुसारको कार्यक्रम प्रशारण गरिने उहाँले बताउनुभयो । रेडियोले विगतमा वार्षिकोत्सवकै सन्दर्भ पारेर जन बहस कार्यक्रमको विशेष अंक, विद्यार्थीहरु बीचको पब्लिक स्पिकिङ्ग च्याम्पियन, टोलटोलमा सिनर्जी, यमोसाको अवसरमा झम्टा ठेकरा नृत्यु कार्यक्रम गरेकोे थियो । यो संगै रेडियोले अहिले कोरोनाका कारण तिज गीत प्रतियोगीता, बाल दिवसको दिनमा हुने बाल कवि सम्मेलन, हिड्दा हिड्दै जस्ता कार्यक्रम पनि रोकेको छ । जस अन्तर गत पब्लीक स्पिकिङ्ग च्याम्पियन सिजन २ को अडिसन सुरु हुदै गर्दा कोरोनाका कारण रोकिएको थियो । सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको थियो । सिनर्जी एफएम आकाशीय तरंगमार्फत हाल २० घण्टा र इन्टरनेट मार्फत चौबिसै घण्टा प्रशारण भइरहेको छ । समाचार र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आइरहेको सिनर्जी हाल २००० वाट क्षमताबाट प्रशारणमा छ ।

     

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.