हेटौँडा । आज बिहान ३ घण्टा हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत कतौटी हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत चौघडा फिडर अन्तर्गत विद्युत आपुर्ति भएका भैरवरोड,गोर्दोइ,हुप्राचौर, कान्तिलोकपथ(माछाप्लान सम्मका क्षेत्रहरुमा बिहान ३ घण्टा लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ। एच टि तथा एलटि लाइनको कन्डक्टर अपग्रेड तथा लाइन मर्मत गर्नुपर्ने भएकोले बिहान १० बजेसम्म विद्युत कतौटी हुने जनाइएको छ।








