काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदी प्रतितोलाको एक हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








