चितवन। गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले नजिकैको जङ्गलमा भैँसी चराउन गएका उहाँलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । यसैबीच माघे सङ्क्रान्तिका अवसरमा नुहाउन गएक एक जना देवघाटको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन् । लमजुङ घर भएका ४१ वर्षीय मदन परियार बेपत्ता हुनुभएको हो ।
परियारको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।








