• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

देवघाटमा ऐतिहासिक मकर स्नान तथा महा–महोत्सव सुरु, १००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा उद्घाटन

  •   मङ्गलबार, माघ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  देवघाटमा सोमबारबाट ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सव सुरु भएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देश–विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराजले उद्घाटन गरे । विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सुप्रशिद्ध कथा वाचक इश्वरकृष्ण महाराजको सत्संकल्पमा सुरु भएको उक्त महा–महोत्सवको उद्घाटन कार्यक्रममा देवघाट वरपरका पिठाधिश र स्वामीहरुको विशेष उपस्थिती रहेको थियो ।

    उद्घाटन कार्यक्रममा सबैको आकर्षण भने लोकप्रिय कथा वाचिका देवी प्रतिभा बनेकी थिइन् । उनलाई हेर्न मात्रै हजारौं भक्तजन आएका थिए । लोकप्रिय कथावाचिका देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् । महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, १ लाख २५ हजार श्रीफल हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन, तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरू रहेका छन् ।

    देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरूले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुहरूलाई आध्यात्मिक ज्ञान प्रदान गर्नेछन् । भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजार भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ । शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरूको टोली परिचालित गरिएको छ ।

    महा–महोत्सवमा संकलित रकमले तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा खर्च गरिने छ । उक्त आश्रमा ३६५ कोठाहरु रहनेछन् । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

    यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.