चितवन । आज चितवनमा विभिन्न स्थानमा विधुत अबरुद्ध हुने भएको छ । आँपटारी स्थित २२०/ १३२/ ११ के भी न्यू भरतपुर सब स्टेसनमा १३२ के भी फिडरहरु एसएएस इन्टेग्रेशनको कार्य गर्नुपर्ने भएकाले आज बिहान ८ बजे देखि साँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका अनुसार क्षेत्रपुर , कल्याणपुर , रामेश्वर , देवघाट र औद्योगिक -३ अवरुद्ध हुने जनाइएको
जसबाट आपटारी ,पोखरा बसपार्क, पुलचोक, बेलचोक, लिलाचोक,आदर्श चोक , बालकुमारी कलेज, रामेश्वर मन्दिर ,विक्रम मार्ग ,नौघरे, बाह्रघरे , रामघाट , शिवघाट, फुर्तिचोक ,रामनगर ,जुगेडी ,भातेरी , ठिमुरा , देवघाट , दासढुङ्गा हुँदै सिमलताल, इच्छाकामना, उप्पर्दाङगढी, मायाटार लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।









