• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

  •   आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ । उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ । वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

    गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो । गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए । पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

    त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् । विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ । विद्यालयहरु यो धनिले पढ्ने र यो गरिबले पढ्ने भनि जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरा समेत गोष्ठीमा उठेको छ ।

    शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षा सेवामुलक हुनुपर्नेमा जोड दिँदै नीजि क्षेत्रले लगानी गरेका छौं भन्दैमा धेरै नाफामुलक बनाउन नहुने बताए । पहिला गाउँबाट शहर पढ्न आउने प्रवृत्ति रहेको सम्झँदै उनले अहिले शहरबाट विदेश पढ्न जाने लहर बढेको बताए । यो समस्या हो तर यो कसरी आयो भन्ने कुरामा हामीले विचार गर्नुपर्ने बताए । मेरो बच्चा विदेश पढ्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानले गर्दा विदेश जाने लहर झन् बढ्दै गएको उनको तर्क थियो । लामो समयसम्म विदेश जाने क्रम नरहने बताउँदै उनले यो एउटा बिन्दुमा पुगेर क्रमशः घट्दै जाने भएकाले निराश नहुन सहभागीहरुलाई आग्रह गरे ।

    सँधै वैदेशिक शिक्षा नै प्रमुख रोजाइ नहुने निश्चित रहेको बताउँदै उनले गोष्ठीमा उठेका विविध विषयलाई सरकारले गम्भीररुपमा लिएर अघि बढ्ने बताएका छन् । गोष्ठी कार्यक्रमका संयोजक एवम् चितवन महोत्सव शिक्षा समिति संयोजक शंकर अधिकारीले गोष्ठीमा उठेका विषयहरुलाई उद्योग वाणिज्य संघ (उवासंघ) चितवनले सम्बन्धित निकायहरुमा पुर्याउने बताउँदै चितवनको शिक्षा क्षेत्रको विकासमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.