• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सगरमाथा संवाद घोषणा, पर्वतीय मुद्दा अझ मुखरित गरिने

  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गर्नुभएको छ । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले संवाद कार्यक्रमको सुरुआत गर्नुभएको हो । सरकारले पहिलोपटक ‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ विषयमा गर्न लागेको यो संवाद हरेक दुई वर्षमा आयोजना गरिनेछ । पर्वतीय मुलुक नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगत्मा सशक्त आवाज उठाउँदै आएको छ ।

    यही परिप्रेक्षमा जलवायु न्यायको पैरवी गर्न संवादको घोषणा गरेको हो । यसअघि २०७६ सालमा प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित गर्नुपरेको थियो । घोषणा कार्यक्रमपछि रासससँग कुरा गर्दै वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले खासगरी पर्वतीय क्षेत्रमा बढी असर पारेकाले यसबारेमा विश्वको ध्यानाकर्षण गराउन पनि यो संवाद गर्नुपरेको बताउनुभयो । संवादमार्फत पर्वतीय विषयलाई अझ मुखरित गरिने उहाँको भनाइ छ । “नेपालले उपलब्ध गराएका वातावरणीय सेवाबापतको भुक्तानी र कार्बन उत्सर्जन नगण्य गरेर पनि उच्च जोखिममा पर्नुपरेको समस्याका बारेमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउन, त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्तिका सन्दर्भमासमेत संवादका क्रममा पैरवी गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    जलवायु परिपर्तन विश्वव्यापी रूपमा देखा परेको गम्भीर चुनौती भएको उल्लेख गर्दै मन्त्री शाहीले यसको असर विशेष गरी नेपालजस्तो अल्पपिकसित र संवेदनशील भूबनोट भएको देशहरूमा बढी देखिन थालेको बताउनुभयो । जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर त्यसबाट जलवायु वित्तमा पहुँच तथा क्षमता अभिवृद्धि गर्ने, प्रविधिको विकास र विस्तारमा युवाको सहभागिता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई अनुकूलनका लागि बढीभन्दा बढी स्रोत साधन जुटाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । नेपाल सरकारले यो कार्यक्रम उच्च प्राथमिकता दिएर अघि बढाएको छ ।

    यसैगरी जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा गरेको असरका विषयमा पर्वतीय क्षेत्रका नागरिक र अन्तर्राष्ट्रिय समुदायको बुझाइमा एकरूपता ल्याउने संवादको उद्देश्य रहेको वनमन्त्री शाहीका प्रमुख जलवायुविज्ञ सल्लाहकार डा माधवबहादुर कार्कीले बताउनुभयो । जलवायुले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्व समुदायलाई जानकारी गराउने र समाधानका लागि सामूहिक प्रयत्न गर्न पनि संवाद जरूरी रहेको उहाँको भनाइ थियो । जलवायुको न्यायको लागि पैरवी गर्ने उद्देश्यका साथ संवाद गर्न लागिएको अवगत गराउँदै प्रमुख जलवायुविज्ञ सल्लाहकार डा कार्कीले भन्नुभयो, “जलवायु विज्ञान र प्रविधिको विकास विस्तारमा योगदान गर्ने, पर्वतीय एजेण्डालाई अझ मुखरित गर्ने तथा थप प्रभावकारी बनाउन पर्वतीय मुलुकहरूसँग बसेर काम गर्नका लागि पनि यो संवाद जरूरी छ ।”

    कार्बन उत्सर्जन न्यूनीकरणको पहल गर्न, प्रकृतिमा आधारित जलवायु अनुकूलन गर्न तथा जलवायुजन्य हानिनोक्सानीको विषयमा समेत विभिन्न आयाममा छलफल गरी त्यसबाट निस्केका निष्कर्षलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने संवादको उद्देश्य रहेको उहाँले बताउनुभयो । परराष्ट्र र वन तथा वातावरण मन्त्रालयले विभिन्न समिति बनाइ तयारी थालेका छन् । संवादमा विशेष गरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, मिडियाका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ ।

    संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अङ्गको रूपमा विकास गर्ने गरी आज माघ ८ गते घोषणा गरिएको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । सगरमाथा संवाद आयोजनाका लागि संयोजन समेत गरिरहनुभएका सहसचिव डा ढकालले भन्नुभयोे, “जलवायुले पर्वतीय क्षेत्रमा पारेको असर र प्रभाव यसबाट स्थानीय भोगेको समस्या हेर्दा यो क्षेत्रमा अझै पर्याप्त छलफल र बहस गर्नुपर्ने आवश्यकता छ । यसको आधारमा जलवायुका असरसँग जुध्न सक्ने क्षमता विकास गर्न सामूहिक प्रयासका लागि उपाय खोज्न पनि संवाद गर्न लागेका हौँ ।”

    जलवायुसम्बन्धी नेपालका नीतिहरू राम्रा भए पनि कार्यान्वयनमा प्राप्त स्रोत साधन कम भएको तथा आर्थिक र सामाजिक रूपमा क्षमता कमजोर अवस्था जलवायु न्यायका लागि विश्वमा पैरवी गर्न संवाद गर्न लागिएको हो । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान अध्ययनले गरेकाले यो नेपालका लागि मात्र नभई विश्वको लागि चिन्ता र चासोको विषय बन्नुपर्ने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.