• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको यातायात व्यवस्था कार्यालय सार्वजनिक बिदामा पनि खुला

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै भरतपुरमा रहेको यातायात व्यवस्था कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुला रहने जनाइएको छ । शनिबार बाहेकका अन्य सार्वजनिक बिदामा सेवा प्रवाह गरिने कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले बताए । उनका अनुसार कार्यालयले नियमित प्रदान गर्ने सबै सेवा सार्वजनिक बिदाको दिनमा प्रदान गरिने छ । अन्य दिनमा सेवाग्राहीहरुको चाप बढी हुने भएकाले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिएको उनको भनाइ छ । त्यस्तै सवारीसाधनको लागि लिखित परीक्षामा हप्तामा दुई दिन तथा ट्रायल दैनिकरुपमा लिने गरिएको उनले बताए ।

    त्यस्तै ट्रायल सेन्टरमा अनुगमनमा जाने कर्मचारी र ट्रयाल सेन्टरका कर्मचारीलाई पोशाक अनिवार्य गरिएको उनले बताए । सवारीसाधनको ट्रायल सुरु हुनु अगाडि सबै सवारीसाधनको प्राविधिकहरुबाट यान्त्रिक परीक्षण गरेपछि मात्रै ट्रायल दिन लगाइने उनको भनाइ छ । सेवाग्राहीको कामलाई छिटो र छरितो गर्ने गरी कार्ययोजना बनाएर काम गरिएको भन्दै कार्यालय प्रमुख भट्टराईले यातायात व्यवस्था विभागले नै डिसेम्बर २०२२ पछिको सवारीचालक अनुमति पत्र नछपाउँदा सेवाग्राहीलाई प्रदान गर्न नसकिएको बताए । “अहिले देशभरको सवारीचालक अनुमतिपत्र छपाइ भएको छैन” उनले भने, “विभागले छापेर पठाएपछि सेवाग्राहीलाई उपलब्ध गराउँछौँ ।”

    यसैबीच, आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्म कार्यालयले ५१ करोड ३४ लाख ९६ हजार १९२ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख भट्टराईकाअनुसार कार्यालयले सवारीसाधन करवापत ३५ करोड २६ लाख ४३ हजार ३४७ रुपैयाँ, चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धि दस्तुरवापत १३ करोड ७० लाख १४ हजार ४५४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीवापत दुई करोड २७ लाख ९२ हजार ८२८ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफलवापत नौ लाख १९ हजार ९०८ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कवापत ९४ हजार ९०० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जानकारी दिए ।

    यसअवधिमा कार्यालयमा जम्मा १२ हजार ८८ वटा सवारीसाधन दर्ता भएका उनको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल, स्कुटर तथा मोपेड शीर्षकमा १० हजार ९८७ सवारीसाधन दर्ता भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमध्ये निजी १० हजार ९५६ र सरकारी ३१ वटा रहेका छन् । त्यस्तै, निजी अटो तथा टेम्पो ३५८, भाडाको अटो तथा टेम्पो ६१ वटा, निजी कार, जीप, भ्यान पिकअप २७९, भाडाका १८१ तथा सरकारी दुई वटा, निजी बस, ट्रक १३४, भाडाका ६६ तथा सरकारी ६ वटा एवम् निजी ट्रयाक्टरहरु १४ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.