• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस आउँदो सङ्घीय संसद् अधिवेशनमा एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने

  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगामी दिनमा संसद्भित्र होस् वा बाहिर एकढिका भएर प्रस्तुत हुन निर्देशन दिनुभएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताउनुभएको थियो ।

    उहाँले वर्तमान सरकारका कामकारबाही र प्राथमिकताबारे पनि बैठकमा जानकारी गराउनुभएको थियो । गृहमन्त्री लेखकले संविधान संशोधनका दलका तर्फबाट गठित सदस्यबारे तत्कालै निर्णय गरेर अघि बढाइने जानकारी गराउँदै अध्यादेशमा कुनै संशोधन गर्नुपर्नेमा भएमा प्रतिस्थापन विधेयकका रुपमा सदनमा टेबुल हुने समयमा संशोधन गर्न सकिने स्पष्ट पार्नुभएको थियो । संविधान कार्यान्वयनका लागि अध्यादेशबाटै भए पनि कानुन संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्न सुझाव दिए पनि पदाधिकारीले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको कार्यसम्पादनप्रति कुनै टिप्पणी नभएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।

    त्यसअवसरमा प्रमुख सचेतक घिमिरेले संसद् आगामी अधिवेशनको तयारी, विधेयक सङ्ख्या, अवस्था र पारित गर्न सकिने विधेयकबारे जानकारी गराउनुभएको थियो । संसदीय दलको आइतबार र सोमबार बस्ने बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषवस्तु भए सघन रुपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पु¥याउने विषयमा पनि सहमति जनाइएको थियो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विधेयकलाई संसद्मै पनि टेबल गर्न सकिन्थ्यो, त्यसो गर्दा लामो समय लाग्ने भएकाले तत्काल केही काम गरी लगानीको वातावरणका सृजनाका लागि अध्यादेश ल्याइएको र उक्त विषयमा पदाधिकारीका बीचमा समान बुझाइ र साझा धारणा रह्यो ।”

    पार्टी प्रवक्ता डा प्रकाशशरण महतले मन्त्री र संविधान संशोधनका गठित संयन्त्रले बैठकमा अध्यादेश र समग्र सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी गराउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा विचाराधीन विधेयकलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गरी सम्बन्धित समितिमा समयमै काम सम्पन्न गर्ने विषयमा पनि जानकारी दिइयो ।” मन्त्रीहरुको ‘ब्रिफ्रिङ’मा पदाधिकारीहरुबाट राय, सुझाव र सल्लाह दिने उद्देश्यले बैठक आयोजना गरिएको प्रवक्ता डा महतको भनाइ थियो । एक प्रश्नको जवाफमा संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य थालनी गर्ने र त्यसमा विषयवस्तु के हुन सक्छ भनी दलभित्र पनि बेग्लै संयन्त्र पनि बन्ने सक्नेबारे गृहमन्त्री लेखकले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता महतले बताउनुभयो ।

    बैठकमा मन्त्रीहरुले आफ्नो सम्पूर्ण क्षमता, योग्यता र क्रियाशीलता लगाएर भइरहेको पहलबारे जानकारी तथा पदाधिकारीले सरकारमा सशक्त उपस्थितिबारे सुझाव र सल्लाह दिनुभएको बताउँदै प्रवक्ता डा महतले भन्नुभयो, “समग्रमा मन्त्रीहरुले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।” बैठकमा पार्टी नेताहरु विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पार्टी प्रवक्ता डा महत, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, कृषि तथा पशुपन्छीलगायतले कार्य जिम्मेवारी र समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.