• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बाँसखर्क अर्थात् सुन्तलाखर्क : पाखैभरि पहेँलपुर सुन्तला

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो । बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको बगान छिचोल्दै ‘बासखर्क सुन्तला महोत्सव’मा सहभागी हुनपुग्नुभएकी मन्त्री श्रेष्ठले बाँसखर्कलाई सुन्तलाखर्कका रूपमा चिनाउनुपर्ने बताउनुभयो ।

    “यहाँको सन्तुलाबारे मन्त्रालयमा पछि छलफल हुन्थ्यो, साथीहरूबाट पनि धेरै कुरा सुनेकी थिएँ, तर आफैँले प्रत्यक्ष देख्दा यो ठाउँलाई बाँसखर्क नभई सुन्तलाखर्क भन्दा अझ उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो”, मन्तव्यका क्रममा उहाँले भन्नुभयो । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा आयोजित महोत्सवमा पुगेका जोकोही त्यहाँको सुन्तलाखेती देखेर अचम्मित बने । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गाउँभरि सुन्तलाको बगान देखेर आफू प्रभावित भएको सुनाउनुभयो । “एउटै बोटमा यतिधेरै सुन्तला फलेको धेरै काममात्र देखिन्छ, यहाँ त बगान नै लटरम्म बनेको छ, गाउँ नै सुन्तलाले ढाकेको छ”, उहाँले भन्नुभयो ।

    गाउँका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यस वर्ष बाँसखर्कमा सुन्तला अत्यधिक फल्यो । उहाँले रु १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो । एक हजार पाँच सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको सङ्ख्या २४ हजार चार सय ४५ रहेको किसान खत्रीले बताउनुभयो । कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै रु ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा रु ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ । उहाँले २५ रोपनीमा सुन्तलाखेती गर्दै आउनुभएको छ ।

    अर्का अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रु २३ लाख र हेमबहादुर अर्मजाले रु १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आउनुभएको छ । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । “व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि रु ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ”, अगुवा किसान मेखबहादुर खत्रीले भन्नुभयो । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा खपत हुने गरेको उहाँको भनाइ छ । उहाँकाअनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । विसं १९९७÷९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उहाँले बताउनुभयो ।

    विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन् । पोखरासम्म सडक पहुँच विस्तार भएपछि २०५२÷२०५३ सालदेखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती सुरु गरेका हुन् । दुई सय ३९ घरपरिवार रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।

    उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताउनुभयो । “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, उहाँले भन्नुभयो, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ÷फागुनसम्मै सुन्तला रहन्छ ।” बाँसखर्क समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि एक हजार नौ सय मिटरसम्ममा फैलिएको छ । वडाध्यक्ष जकबहादुर रोकाले सुन्तला ढुवानीका लागि बाँसखर्क जोड्ने सडकको स्तरोन्नति हुनसके किसानलाई थप सुविधा पुग्ने बताउनुभयो ।

    सिँचाइ सुविधा, पहिरो नियन्त्रण र सुन्तला बगानमा रहेको विद्युत् तारको व्यवस्थापन नहुँदा किसानले समस्या भोग्दै आएको उहाँको भनाइ छ । गाउँपालिका र १ नं वडा कार्यालय मिलेर आयोजना गरिएको महोत्सवमा सुन्तलाखेतीसम्बन्धी प्रविधि प्रसार, सुन्तला प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो । उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको थियो । महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रदर्शनी राखिएको थियो । एक दिनमात्र सञ्चालित उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मालगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

    सो अवसरमा मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले म्याग्दी सदरमुकाम बेनीबाट बाँसखर्क जोड्ने सडक स्तरोन्नतिका लागि आगामी बजेटमा योजना समावेश गर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताउनुभयो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको प्रवर्द्धन र बजारीकरणका साथै किसानलाई सुन्तलाखेतीतर्फ थप प्रोत्साहित गर्ने ध्येयले सुन्तला महोत्सव आयोजना गरिएको बताउनुभयो ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.