• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम गरिँदै

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुर–११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । माघ १७ गते परेको सोनाम ल्होछारको अवसरमा गुम्बामा राष्ट्रिय कलाकारहरुबो सांगीतिक प्रस्तुती रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चन्द्र पात्रोको पहिलो दिन अर्थात माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षोल्लास पूर्वक पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्न सांस्कृतिक कार्यक्रम गर्न लागेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाले बताउनुभयो ।

    भरतपुरमा बस्ने तामाङ समुदायले यसपर्वलाई हरेक वर्ष विशेष रुपमा मनाउँदै आइरहेको लामाको भनाइ छ । गुम्बाको प्राङ्गणमा तामाङ कलाकारहरु योगेश लामा, मिङ्स लामाको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रम, विविध खेलकुद कार्यक्रम, रक्तदान कार्यक्रम एवम् रक्तदान कार्यक्रम गरिने लामाले बताउनुभयो । भरतपुरमा रहेको सेन्ट्रल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको भन्दै लामाले परीक्षण र केही औषधिसमेत निःशुल्क वितरण गरिने भन्दै समुदायका सबैलाई सहभागी हुन आग्रह गर्नुभयो । सोनाम ल्होछार तामाङ समुदायको पहिचानको रुपमा रहेको भन्दै उहाँले तामाङ संस्कृति अध्ययनका लागि विदेशीसमेत आउने गरेको बताउनुभयो ।

    सोनाम ल्होछारले सामाजिक एकतालाई अझै बलियो बनाउँदै सांँस्कृतिक जगेर्ना गर्न मद्दत पुग्ने लामाको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा समाजका पूर्वअध्यक्ष गंगालाल लामाले आफूहरुले सांस्कृतिक कार्यक्रममात्रै नभइ अन्य समयमा सामाजिक कामहरु समेत गर्दै आएको बताउनुभयो । मृत्यु संस्कारमा रहेका विभिन्न विकृति हटाउँदै संस्कारमा रहेका राम्रा कुरालाई जगेर्ना गर्न समाजले महत्वपूर्ण भूमिका खेलेको लामाको भनाइ छ । केही दशक अगाडिसम्म ल्होसार मनाउने परम्परा हराउँदै गएको भए पनि पछिल्लो समय आएर ल्होछार मनाउनेहरु बढ्दै जाँदा आत्मियता र भाइचारा समेत बढेको उहाँको भनाइ छ ।

    तामाङ समुदायको नयाँ पुस्तामा भाषा हराउँदै गएको भन्दै यसप्रति आफूहरु सचेत रहेको र भाषा संरक्षणको योजना बनाएको उहाँले बताउनुभयो । सोनाम ल्होछारका क्रममा गुम्बा तथा घरको सरसफाइ, झण्डा फेर्ने, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने, आशीर्वाद लिने, पूजा गर्ने, रमाइलो गर्ने गर्दै आएको उहाँको भनाइ छ । भरतपुरमा आठ जना रहेको तामाङ समुदायको जनसंख्या चितवनमा करिब ४० हजार रहेको बताइन्छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.