• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाट महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइँदै, धर्मको नाममा ठगी

  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पवित्र धार्मिकस्थल देवघाटधाममा सञ्चालन भइरहेको देवघाटधाम महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइएको छ । महा महोत्सवमा सहभागी हुन आएका भक्तजनले प्लाष्टिकजन्य फोहोर तथा त्यहाँ उत्सर्जन भएको अन्य फोहोरहरु समेत सिधै नारायणी नदीमा मिसाइएको छ ।

    दामोदर कुण्डबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गम देवघाटधाममा सञ्चालित महायज्ञका कारण पवित्र तीर्थस्थललाई प्रदूषित बनाइएको छ । विश्व जागरण महाअभियान ट्रस्टले माघ १ देखि ३० गतेसम्मका लागि देवघाटधाममा महामहोत्सव सञ्चालन गरेको छ ।
    महायज्ञमा सहभागी भएकाले खाएर बाँकी रहेको खाना, पूजा गर्न ल्याएको प्लाष्टिक, कागज, फूललगायत सिधै नदीमा मिसाइएको छ । नदी किनारदेखि नै फालिएको भातका सिताले नदीमा स्नान गर्न जान समेत अप्ठ्यारो भएको छ ।

    आफूले आफैलाई महाराज घोषित गरेका विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक ईश्वरकृष्ण भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।
    यस महामहोत्सवमा भक्तजनको उपस्थिति न्यून भएपछि उनले गाडी नै पठाएर ठाउँठाउँबाट भक्तजनहरु भेला गराएका छन् । ईश्वरकृष्णले विवादित र नक्कली प्रमाणपत्रधारीलाई समेत ल्याएर प्रवचन भन्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिभित्र देवघाटको पहिचान नै नामेट पार्नेगरी कंक्रिटको भव्य महल बनाउन भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

    कंक्रिटको महल बनाउन आर्थिक संकलन गर्न भन्दै उनले लगाएको महामहोत्सवमा आउने भक्तालुहरुलाई भ्रमित पार्दै पैसा संकलन गर्ने काम गरेका छन् । यसअघि यस्तै प्रकारले नारायणगढमा महोत्सव गरेका विजयकृष्ण भण्डारीको ठगीको प्रकरण बाहिरिएपछि उनी महोत्सव छाडेर भागेका थिए । नेपालमा धर्मको आडमा श्रद्धालुसँग ठूलो पैसा उठाउने र ठगी गर्ने धन्दा नै चलाउने गिरोह नै सक्रिय भएर लागेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.