• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान

  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चन्द्रपुर (रौतहट) । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, बृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छभने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ । हात्तीको आक्रमणले रौतहटमा एक महिलाले ज्यान गुमाउनु परेको छभने एक घाइते भएका छन् । गत कात्तिक १६ गते फतुवा बिजयपुर–११ रागीबुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।

    तामाङको घर हात्तीले पूर्ण रूपमा क्षति पु¥याएको थियो । जङ्गली हात्तीले एक्कासि घरमा आक्रमण गर्दा उहाँका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको थियो । हात्तीले गत कात्तिकयता चन्द्रपुर–२ जुडिबेलामा मात्रै एक दर्जनभन्दा बढी घर भत्काएको छ । ‘‘बस्न नहुने गरी घर भत्कायो तर हामी भने भागेर बाँच्न सक्यौँ’’, स्थानीय खिकप्रसाद पन्त भन्नुभयो । पुलामीटोलका राजेन्द्र ठाकुरको पनि घर हात्तीको आक्रमणले पुर्ण रूपमा क्षति भएको थियो । राति सुतिरहेको बेलामा हात्तीले घर भत्काएको ठाकुरले बताउनुभयो । बलमपाखी टोलका तारजन मगरको पनि हात्तीले घर पूर्णरूपमा भत्काएको छ ।

    यस्तै चन्द्रपुर–३ गैँडाटारमा हात्तीले एकैरात सात घर भत्कायो । हात्तीले रौतहटमा दर्जनभन्दा बढी घर भत्काएको छ । फतुवा विजयपुर नगरपालिकामा—११ का भैसही र बुटवा बस्तीमा चार घर भत्काएको स्थानीय अजय तिमलसिनाले जानकारी दिनुभयो । हरेक वर्ष धान पाक्ने बेला आउने हात्ती धान काटिसकेपछि जाने गरेको थियो तर यसपालि गाउँमै बस्नाले यहाँका मानिसहरू असुरक्षित महसुस गरिरहेको छन् । हात्तीले घर भत्काइसकेपछि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले पीडितहरूका घरमै पुगेर जस्तापातासहित खाद्यान्न सहयोग गर्नुभएको थियो ।

    जङ्गली हात्तीले खासगरी केराखेतीमा धेरै क्षति पु¥याएको छ । रौतहटको चन्द्रपुर—३ गैँडाटार र जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पु¥याएको छ । हात्तीले पटकपटक गरेर करिब एक बिगाहामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबहादुर दोङले जानकारी दिनुभयो । फल्ने बेला भएको करिब सात सय केराको बोटमा हात्तीले नष्ट गरेको उहाँको गुनासो छ । केराखेतीमा बीमा नहुँदा पनि समस्या भएको उहाँको भनाइ छ । वृन्दावन नगरपालिका–१ बलरीखोरमा पनि हात्तीले हरेक राति विध्वंश मच्चाइरहेको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिनुभएको छ ।

    केही दिनयता गाउँका बासिन्दा हात्तीका कारण रातभर जाग्रम गर्न बाध्य भएका पटेल बताउनुहुन्छ । हात्ती आउने तथा प्रभावित क्षेत्रमा पोलपोलमा बत्ती र चोकचोकमा आगोको व्यवस्था, हात्ती नियन्त्रणका लागि नियमित गस्ती र गस्तीका लागि इन्धनको व्यवस्था, हात्तीले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने, क्षति पुगेका घर तथा किसानलाई राहतको व्यवस्था गर्ने, घाइते भएकालाई तत्काल उद्धारका लागि एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णयहरू गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले जानकारी दिनुभयो । सङ्घीय सांसद देवप्रसाद तिमल्सिना र प्रदेशसभा सदस्य युवराज भट्टराईले हात्ती व्यवस्थापनका लागि सङ्घीय तथा प्रदेशस्तरबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    प्रभावित क्षेत्रका किसान र स्थानीय बासिन्दालाई राहत तथा उद्धारमा सरकारका तर्फबाट भरपर्दो सहयोग पु¥याउने उहाँहरूले आश्वासन दिनुभएको छ । बर्सेनि हात्तीको समूह रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँहरू, वृन्दावनको बलरी, फतुवा बिजयपुर नपाको रागी बुटुवालगायत गाउँहरूमा पस्ने गरेक छ । गत वर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरका घाँस, दाउरा गर्न गएका दुई महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका बासिन्दा घाँस दाउरा गर्न जङ्गल जान समेत छाडेका छन् ।

    यसैबीच रौतहटको दक्षिणी भेगतर्फ नीलगाई र बँदेलले किसानहरूको बालीमा क्षति पु¥याएको छ । केही वर्षदेखि जिल्लाको कटहरिया, देबाही, लालबकैया, विजयपुर, मौलापुरका किसानका नदी किनारका खेतमा लगाइएको मकै, धान, उखु, आलु, गहुँ, केरा, धनियाँलगायत बालीमा निलगाइले क्षति पु¥याउँदै आएको छ । लालबकैया नदीको दुवै किनारमा रहेका खरघारी र उखुबारीको आडमा लुकेर ठूलो संख्यामा नीलगाई र बँदेल बस्छन् ।

    दिउँसो बाहिर निस्केर बालीमा चर्छन् । स्थानीयहरू वन्यजन्तुबाट बाली जोगाउन खेत नजिक र नदी छेउमा मचान बनाएर बस्न थालेका छन् । वन्यजन्तु नियन्त्रण गर्न कसैले पनि चासो नदिदा आफूहरूको बाली जोखिममा परेको किसानहरूयको गुनासो छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.