• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भादगाउँ खानेपानी संस्थाको निर्माणमा ढिलाइ

  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ । निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी विसं २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुन नसकेको हो । दोस्रो पटक म्याद थपको अवधि आगामी फागुन महिनासम्म रहेको छ । फागुनभित्र मुख्य रिर्जभ ट्याङ्कीसम्म झार्न सकिए चैतदेखि पानी वितरण गर्ने लक्ष्य राखिएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो ।

    “व्यास–१ को भदु्रमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण मादीनदी किनारको सम्पवेल गार्ड हाउस र मुख्य पम्प हाउस गार्ड हाउस निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो “अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्की निर्माण सम्पन्न गरी फिल्टरको कार्य भइरहेको छ ।” करिब ७० प्रतिशत भौतिक प्रगति भएको व्यवस्थापक श्रेष्ठले अनुमान गर्नुभयो । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । व्यवस्थापक श्रेष्ठका अनुसार रु २६ करोड २५ लाखको आयोजनालाई बोलपत्रमार्फत रु १९ करोडमा सम्झौता गरी निर्माण अघि बढाइएको हो । उहाँले भन्नुभयो, “आयोजनाको निर्माण ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ ।”

    व्यास–४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको संस्थाका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद गर्नुका साथै करिब तीन रोपनी सार्वजनिक जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ । उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने उहाँले जानकारी दिनुभयो । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माण यसअघि नै सम्पन्न भइसकेको छ ।

    विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेको थियो । संस्थाले हालसम्म दुई हजार छ सय ८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमी दूरीबाट पानी ल्याएर आपूर्ति हुँदै आएको छ । संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास–१ का २५ टोल र व्यास–१२ को एक टोलका उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाइएको हो ।

    मादीनदी लिफ्ट आयोजनाअन्तर्गत ५२ किमी दूरीमा शाखा पाइप लाइन विच्छ्याइने कार्य सकिएको छ । उहाँले भन्नुभयो, “अहिले निर्माणलाई तीव्रता दिइएकाले यथाशीघ्र सम्पन्न भई नियमित पानी आपूर्ति हुने अपेक्षा गरिएको छ ।” हाल दुई हजार छ सय ८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका संस्थाले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.