• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लामिछानेलाई हिरासतमा राखिन आदेश

  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले आजका लागि हिरासत पठाउने आदेश गरेको छ । थुनछेक वहश नसकिए पछि लामिछानेलाई हिरासत पठाईएको हो । चितवन जिल्ला अदालतका श्रेस्तेदार बिष्णु आचार्यका अनुसार थुनछेक वहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाईएको हो । आज बिहान आँफै उपस्थित भएका लामिछानेको वयान सकिए लगत्तै थुनछेक वहस सुरु गरिएको थियो । बादीका तर्फबाट जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सह न्यायधिवक्ताहरु अमृत सुवेदी र बुद्द वहादुर थापाले वहस गर्नु भएको थियो ।

    जाहेर वालाका तर्फबाट अधिबक्ता रमेश काफ्लेको वहश सकिए पछि निरन्तर सुनुवाईका लागि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाईएको हो । बिहिबार १० वजे उपस्थित गराउने गरि जिम्मा लगाईएको छ । वहशमा जाहेरवालाका तर्फबाट बरिष्ठ अधिबक्ता राजकुमार श्रेष्ठ, अधिबक्ताहरु रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बतौंलाले वकालत गर्ने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । यस्तै लामिछानेका तर्फबाट बरिष्ठ अधिबक्ता सुशील कुमार पन्त, धर्मराज आचार्य, अधिबक्ताहरु डा. नारायण दत्त कंडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपिलाल देवकोटा, केदारराज पन्त, दिपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जनाले वहशका लागि वकालतनामा दर्ता गर्नुभएको छ ।

    न्यायधिश दयाराम ढकालको इलाजासमा थुनछेक वहश सुरु भएको हो । विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना बिरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्ति बाहेक ६ वटा संस्था विरुद्ध पनि अदालतमा मुद्धा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भए संगै लामिछाने चितवन आउनुभएको हो । दर्ता गरिएको मुद्दामा प्रतिवादीहरुमा लामिछाने सहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् । यस अघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन ।

    मंगलबार दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचत सहित ६ वटा संस्था रहेका हुन । साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिनुभयो । मुद्धा दायर भएका कुल ३२ जना मध्ये १२ जना बिरुद्ध ठगि र संगठित अपराधमा र २० जनालाई ठगिमा मुद्दा दर्ता गरिएको हो । संगठित अपराध र ठगिमा प्रतिवादी कायम भएकाहरु जीवि राई भन्ने जितेन्द्र बाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त वावु राई, भूपेन्द्र्र राई, देवेन्द्र वहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा, र नेत्र वास्तोला रहेका छन् ।

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगि भएको भनिएको जम्म रकम रु ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलब ४७ रहेको छ । हाल जाहरी परेको रकम रु ३८ करोड ९ लाख ७९ हजार १७७ क्षोतीपूर्ती भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रु ५२ करोड मध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रु१४ करोड २३ लाख ६ हजार १३१ दशमलब ४७ जाहेरी परेका वखत पुनः पुरक अभियोग जाहेर हुने गरी अभियोग दावि गरिएको छ । बचत कर्ताहरुलाई भराउनु पर्ने क्षतीपूर्ती रकम बिभिन्न ६ वटा कम्पनीहरुबाट साहारा चितवन बहुउद्धेश्यीय सहकारीलाई दिलाउने भराउनु पर्ने रकम रु ४३ करोड ३२ लाख ७ हजार ९२८ दशमलब ७५ रहेको छ ।

    व्यक्तिगत रुपमा जीविराईबाट रु ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट रु ३ करोड २० लाख र महेन्द्र भोटी भन्ने शिववहादुर गुरुङ्बाट रु २ करोड ६४ लाख भराईनु पर्ने माग दावी छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.