• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा रवि संलग्न मुद्दाको थुनछेक बहस आज पनि, आजै आदेश आउने सम्भावना

  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बुधवार थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ । आज सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् । हिजो (बुधवार) सरकारी वकीलका तर्फबाट तीन जना र सहकारी पीडितका तर्फबाट एक जना अधिवक्ताले मात्रै बहस गर्न भ्याए ।

    थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ । बुधवार बहस नसकिएको भन्दै चितवन जिल्ला अदालतका न्यायाधिस दयाराम ढकालको इजलासले आज बिहान १० बजे उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको थियो । इजलासको आदेशपछि रविलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको हो । सहकारीपीडितको तर्फबाट आज वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । यद्यपि अन्य अधिवक्ताले पनि बहसका लागि वकालतनामा दर्ता गराउने संभावना छ ।

    प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न २ जना वरिष्ठ अधिवक्तासहित १० जनाको वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्तासुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेना सहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । रविलाई अदालतबाट प्रहरी कार्यालयतर्फ लग्दै गर्दा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । उनीहरु जिल्ला प्रहरी कार्यालयसम्मै पुगेर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुले रविलाई आज बिहान १० बजेनै अदालतमा उपस्थित गराइने बताए ।

    लामिछाने हिजो विहान १० बजेअघि नै बयानका लागि अदालतमा उपस्थित भएका थिए । न्यायाधिस ढकालले चार घण्टा लगाएर रविको बयान लिएका हुन् । सरकारी वकिल कार्यालयले मंगलवार लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पुरक मुद्दा दर्ता गरेको थियो । त्यसअघि गत असोज ८ गते साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका पीडित बचतकर्ताको उजुरीको आधारमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवि राइसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यसबेलाका १७ जना र अहिले थप १५ सहित ३२ जनाविरुद्ध मुद्दा चलेको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.