• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बिहीबारदेखि लंकुमा महायज्ञ हुँदै, उद्घाटनपूर्व ५० लाख संकलन

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  हरिकीर्तन धार्मिक संस्था/लक्ष्मीवेङ्कटेश मन्दिर, भरतपुर–४, लंकुमा फागुन १ देखि ९ गतेसम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ । महायज्ञ सम्पादन मूल समितिले मन्दिर प्राङ्गणमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी महायज्ञबारे जानकारी गराएको हो । कमलनयनाचार्य “मुक्तिनाथ बाबा” को संरक्षकत्व, शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका नारायणाचार्य स्वामी (टीकाराम गुरु) को प्रधान यज्ञाचार्यत्व, अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प एवम् डा. चक्रपाणी आचार्यको प्रमुख वाचकत्वमा हुने महायज्ञमा दैनिक रूपमा विशिष्ट विद्वानहरूको प्रवचन हुने कार्यक्रम रहेको छ ।

    महायज्ञको आर्थिक समिति संयोजक भानुभक्त कँडेलले महायज्ञ उद्घाटनपूर्व नै २८ जना धार्मिक व्यक्तित्वहरुबाट ५० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए । उनले महायज्ञ सम्पादन गर्न ५० लाख रुपैयाँ खर्च लाग्ने र तीन करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको बताए । यज्ञशेषबाट अक्षयकोष अभिवृद्धि गरी नित्य भगवतपूजा–आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्नु महायज्ञको उद्देश्य रहेको महायज्ञ सम्पादन मूल समितिका संयोजक टीकाराम कँडेलले बताए ।

    महायज्ञअन्तर्गत माघ ३० गते दिउँसो २ बजे मोटरसाइकल तथा गाडी रेली हुनेछ भने फागुन १ गते बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिकलगायत विभिन्न संघसंस्थाको परिचय झल्कने भेषभूषा, ब्यानर, ॐकारझन्डासहितको कलश यात्रा हुनेछ । कलशयात्रापछि महायज्ञको समुदघाटन हुनेछ । फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान र फागुन ५ गते कमलनयनाचार्य/मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उदघाटन, मन्दिरका संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य/महन्त पदमा पट्टाभिषेक र प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन हुनेछ ।

    फागुन ९ गते करोड दीप प्रज्ज्वलनको कार्यक्रम रहेको मिडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिए । पत्रकार सम्मेलनलाई महायज्ञ सम्पादन मूल समितिका सहसंयोजक फूलनाथ निउरेले संचालन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.