• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बालकुमारी कन्या माविले मनायो ६३औँ वार्षिकोत्सव

  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनको भरतपुर–२ नारायणघाटमा रहेको बालकुमारी कन्या माविले ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले मंगलबार वृहत कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले आफ्नो कूल बजेटको १० प्रतिशत शिक्षामा खर्च गर्नुपर्नेगरी नीतिग निर्णय गरेको भन्दै सबै वडाले सोहीअनुसार गर्नुपर्ने बताउनुभयो । त्यस्तै बालकुमारी कन्या माविको भवन निर्माणको योजना ल्याएमा त्यसको समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    सामुदायिक विद्यालयका विद्यार्थीहरु बीचमा विद्यालय छोड्ने क्रम बढ्दो भएको भन्दै यसको समाधानका लागि विद्यालयले काम गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले सामुदायिक विद्यालयका समस्या र अप्ठ्याराबारे आफू जानकार रहेको बताउनुभयो । वडाभित्रको शिक्षामा गुणस्तर कायम गर्न बजेट प्रदान गरिरहेको बताउनुभयो । उहाँले बालकुमारी कन्या माविलाई छात्रामात्रै पढाउने तथा बालकुमारी माविलाई छात्रमात्रै पढाउने विद्यालयको रुपमा विकास गर्दा शैक्षिक गुणस्तरमा वृद्धि आउने बताउनुभयो । कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक विष्णुप्रसाद वाग्लेले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयले माघ २३ गतेदेखि ६३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद तथा बौद्धिक प्रतियोगिता गरेको बताउनुभयो ।

    विद्यालयमा कक्षा १२ सम्म एक हजार १५७ जना विद्यार्थी तथा ४५ जना शिक्षक रहेको उल्लेख गर्दै उहाँले विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, आइसिटी प्रयोगशाला, गणित प्रयोगशाला, सामाजिक प्रयोगशालालगायतका पूर्वाधार रहेको बताउनुभयो । विद्यालयको रु ११ लाख ४८ हजार २२१ बराबरको अक्षय कोषबाट प्राप्त व्याजबाट वार्षिकरुपमा ५८ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको वाग्लेले उल्लेख गर्नुभयो । विद्यालयको मूल भवन जीर्ण हुनु, पुरानो भवनको भुइतले कोठाहरु कम शिक्षणमैत्री हुनु, विविध कारणले प्रविधिमैत्री सिकाइ कम हुनु, व्यवस्थित विज्ञान प्रयोगशाला नहुनु, विद्यार्थी संख्या अनुसार चमेनागृह नहुनुलगायतका समस्या विद्यालयले भोग्नुपरेको उहाँले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुकेले विद्यालयका अधिकांश अभिभावकहरु दिनभर श्रम गरेर विद्यार्थी पढ्न पठाउने खालका भएकाले उनीहरुले विद्यार्थीको पढाइप्रति ध्यान दिन नसकेका बताउनुभयो । शिक्षक तथा विद्यालय, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर कायम गर्न सकिने भन्दै उहाँले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयको वार्षिकोत्सवको अवसरमा नर्सरी, कक्षा १–५, ६–८ तथा ९–१२ मा सर्वोत्कृष्ट र सर्वोद्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदी, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटालगायत अभिभावक र विद्यार्थीहरुले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुनप्रसाद भट्टले स्वागत गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.