काठमाडौं । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनको श्वासप्रश्वासमा समेत समस्या आएको छ ।उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ








