चितवन । चितवनको राप्ती नगरपालिका–५ स्थित बाबा पेट्रोल पम्प अगाडि पूर्व–पश्चिम राजमार्गमा योद्धा जीपको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आइतवार बिहान करिब८ बजेको समयमा नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश३–०१–०२४ च ६०३८ नम्बरको योद्धा जीपले सोहि दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जीपको ठक्करबाट गम्भीर घाइते भएका राप्ती नगरपालिका–४ प्रेमबस्ती बस्ने वर्ष ६० को काजीमान सुनारको आइतवार बिहान करिब ९ बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकललाई ठक्कर दिने जीप र जीप चालक सर्लाही लालबन्दी नगरपालिका–६ बस्ने वर्ष २३ को विकास बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








