• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सजगता

  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवाला चनाखो बन्न आग्रह गरिएको छ । फागनु लागेपछि वन क्षेत्रमा हुन आगलागीका कारण विभिन्न समयमा धनजनको क्षति हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो । डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सवडिभिजनलाई पत्राचार गरिसकिएको छ ।

    सबै सवडिभिजनमा अग्नि नियन्त्रण समूह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका काम भइरहेको उहाँले बताउनुभयो । बरण्डाभार क्षेत्रमा बढी मात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीचको अन्तरक्रियासहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । यसै अभियानका लागि कार्यालयले हरित स्वयंसेवक छनोटको काम सकेको उहाँले जानकारी दिनुभयो । वन रक्षकसहित हरित स्वयंसेवकले डढेलोका कारण हुन सक्ने क्षति न्यूनीकरण, डढेलो नियन्त्रणलगायत क्षेत्रमा काम गर्नेछन् ।

    पौडेलले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री समुदायस्तरमा पुर्‍याइएको छ भने केही पुर्‍याउन बाँकी रहेको छ । हरेक सवडिभिजन क्षेत्रमा रहेको नेपाल प्रहरी एवं सुरक्षाकर्मीहरूलाई अग्नि नियन्त्रक सामग्री उपलव्ध गराउने तयारी गरेका छौँ ।” पानीको ट्याङ्की, फायर स्वाटर, वाटर ब्याग, वाइन्डव्लोर लगायतका सामग्री खरिद गरी वितरणको प्रक्रिया सुरू गरिएको उहाँले बताउनुभयो । वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदा चुरोट खाएर ठुटा ननिभाई फाल्ने, आगो लगाएर ननिभाई हिँड्ने जस्ता कार्यले गर्दा आगो बस्तीमा पस्ने गरेको उहाँले बताउनुभयो ।

    यसलाई रोक्नका लागि डिभिजन वन कार्यालयअन्तर्गत रहेका सामूदायिक वन, कवुलियती वन, धार्मिक वन र संरक्षित क्षेत्र परिषद्का उपभोक्तालाई सचेतनाका लागि अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । वन कार्यालय मातहतमा ५४ हजार हेक्टरभन्दा बढी जमिनमा रहेको वन रहेको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेको भन्दै उपभोक्तालाई सजग रहन आग्रह गर्नुभयो । निकुञ्जको कूल क्षेत्रफल नौ सय ५२ दशमलव ६२ वर्ग किलोमिटर रहेको भए पनि मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न आउनेले आगो लगाइ दिँदा निकुञ्जको चुरे क्षेत्र बढी प्रभावित बन्ने गरेको उहाँले बताउनुभयो ।

    कतिपय स्थानमा निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि आफैँ डढेलो लगाउने गरेको भए पनि अनियन्त्रित डढेलोका कारण वन र वन्यजन्तुमा नकारात्मक प्रभाव पर्ने भएकाले डढेलो लाग्न नदिने उपायको बारेमा स्थानीय उपभोक्तासँग छलफल गरिएको उहाँले बताउनुभयो । अहिले निकुञ्जमा फायरलाइन निर्माण, सरसफाइ, अग्नि नियन्त्रण सामग्रीको मर्मतलगायत काम भइरहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा प्रयाप्त मात्रामा अग्नि नियन्त्रणका लागि सामग्री नभए पनि उपलब्ध सामग्रीबाट काम लिइँदै आइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.