• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम

  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ । त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ । सो आश्रममा एक सय ५५ वटा छुट्टाछुट्टै कुटी छन् भने साधक भवनमा ५५ वटा कुटीजस्तै कोठा छन् ।

    हरेक कुटीमा खाना पकाउने भान्सा, सुत्ने कोठा र सँगै शौचालय बनाइएको छ । आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलका अनुसार भक्तजन धेरै भएका बेला कुटी, धर्मशाला र सभाहलसमेतमा सुत्ने व्यवस्था गरिन्छ । उहाँले भन्नुभयो “एक हजार जनासम्मलाई निःशुल्क रूपमा सुत्ने व्यवस्था गर्न सक्छौँ ।” कुटीमा ५० वर्षमाथिका ज्येष्ठ नागरिकहरु बस्दै आउनुभएको छ । एउटा कुटीमा श्रीमान्–श्रीमती भए दुई जना र नभए एक जना मात्र बस्ने व्यवस्था मिलाएको छ । सञ्चालक प्याकुरेलका अनुसार देशभरबाट यहाँ आउने भक्तजन आश्रमको कुटीमा बस्नु हुन्छ । उहाँहरुको शेषपछि कुटीको माग गरेकालाई पालोअनुसार दिने गरिएको छ ।

    कुटीमा बसेको कुनै शुल्क लाग्दैन । आफँै पकाएर खान सक्नेले आफैँ खान्छन् भने नसक्नेको हकमा सामूहिक भान्सा ९भण्डारा०मा गई निःशुल्क खाने प्रबन्ध मिलाइएको आश्रमले जनाएको छ । बाहिरबाट आएर थप कुटी बनाएर बस्न चाहनेका लागि निर्माण खर्च लिन थालिएको छ । हक हस्तान्तरण नहुने गरी कुटी बनाउन पाइने व्यवस्था भएअनुसार जम्मा दुई वटा बनाइएको छ । सो आश्रमअन्तर्गत वेदवेदाङ्ग संस्कृत विद्यापिठ सञ्चालित छ । देवघाटस्थित सो विद्यापिठमा कक्षा ६ देखि शास्त्री (स्नातक) तहसम्मको पढाइ हुनेगरेको छ । त्यहाँ अहिले दुई सय ३५ विद्यार्थी निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । यसैगरी आश्रमले देवघाटकै चितवनतर्फ ७५ जना क्षमताको ज्येष्ठ नागरिक विश्रान्ति कक्षसमेत सञ्चालन गर्दै आएको छ । न्यूनतम रकम लिएर यो आश्रम सञ्चालन गरिएको छ ।

    वृद्धवृद्धालाई हीनताबोध नहोस् भन्नका लागि वार्षिक रु ४४ हजारदेखि रु ५० हजारसम्म शुल्क लिएर यो आश्रम सञ्चालन गरिएको सञ्चालक प्याकुरेलले जानकारी दिनुभयो । आश्रम सञ्चालनका लागि सालाखाला मासिक रु २० लाख खर्च हुने गर्दछ । यो रकम दाताको सहयोग र अक्षयकोषको व्याजबाट सञ्चालन हुनेगरेको छ । पितृको नाममा वार्षिक तर्पण तथा पिण्ड दान एवं जन्मदिनमा शिवपूजन, रुद्राभिषेक, हवन गर्दा भक्तजन एवं दाताबाट प्राप्त हुने रकम अक्षयकोषमा राख्ने गरिएको छ । अहिलेसम्म चार हजार दुई सय जनाले अक्षयकोषमा रकम जम्मा गरेको आश्रमले बताएको छ । विसं २०५३ सालमा खडा गरिएको अक्षयकोषमा रकम जम्मा हुनेक्रम जारी छ । अहिले गलेश्वर आश्रममा भण्डारा, विश्रान्ती आश्रम र विद्यालयमा गरी ४३ जनाले सेवा दिँदै आएका छन् ।

    महामण्डलेश्वर स्वामी आत्मनन्द गिरीको संरक्षकत्वमा आश्रम सञ्चालन हुँदै आएको छ । विसं १९८० सालमा तपश्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रम्हचारी (गलेश्वर बाबा)ले आफ्नो साधनास्थलको रूपमा कालिगण्डकीलाई पछ्याउने क्रममा म्याग्दीबाट चितवनको देवघाट आएर कुटी निर्माण गरी आश्रमको सुरुवात गर्नुभएको हो । सो आश्रमका सचिव भोजराज पौडेलका अनुसार आश्रमअन्तर्गत करोडौँका संरचना निर्माण गरिएको र स्रोतसाधनले भ्याएसम्म आवश्यकताअनुसार संरचना निर्माणकार्यलाई निरन्तरता दिइने छ । आश्रम परिसरमा रु नौ करोडको लागतमा सिद्देश्वर महादेवको मन्दिर निर्माण गरिएको छ भने विद्यापिठ भवन रु १२ करोड बढी खर्च गरी बनाइएको छ । सचिव पौडेलका अनुसार रु ५० करोडभन्दा बढीका संरचना आश्रम परिसरमा दाता र सरकारी निकायको सहयोगमा बनेका छन् ।

    बेणीदेखि गलेश्वर चोकसम्म नेपाली ढुङ्गा छापेर धार्मिक पर्यटकीयमार्ग बनाउन सरकारी निकायसहित विदेशी दुतावाससँग पहल भइरहेको आश्रमले जनाएको छ । पवित्र तीर्थस्थल देवघाटमा रही निश्वार्थ ढङ्गले मानव सेवामा समर्पित हुन पाएकोमा गर्व गर्दै गलेश्वर आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलले भन्नुभयो, “भगवानको कृपा, साधुसन्त–माहात्मको आर्शीवाद, साहुमहाजन एवं चन्दादाताको अविस्मरणीय सहयोग, तमाम् भक्तजन, स्थानीय जनता र आमसर्वसाधारणको विश्वास र मायाका कारण अहिलेसम्म आश्रममा आए जतिलाई निःशुल्क भोजनसहित वृद्धवृद्धालाई कुटी र बालबालिकालाई स्नातक तहसम्मको शिक्षा दिन सकिएको हो ।

    सेवा नै परमोधर्म हो भन्ने मान्यतालाई आत्मसाथ गरी समाजका असहाय, दीनदुखी, वृद्धवृद्धाको सहयोगमा समर्पित आश्रमलाई मन, वचन, कर्मले सहयोग गर्न सबैसँग अनुरोध गर्दछु ।” रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.