• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ’

  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ। गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशिल ढङ्गबाट काम गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा गृहमन्त्रालयले गम्भीर र संवेदशनशील ढङ्गबाट काम गरिरहेको छ ।” उहाँले आफूले गृहमन्त्रीका रुपमा पदबहाली गर्ने समयमा मन्त्रालयका काम इमान्दारिता र निष्ठापूर्वक गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री भइसकेपछि धेरै नीतिगत र कानुनी सुधारका कामहरु भएको जानकारी गराउनुभयो । “यहाँहरुको सल्लाह, सुझाव र चासो मेरो कार्यसम्पादनका लागि मार्गदर्शक बनेका छन्, यहाँहरुबाट शान्तिसुरक्षा, सेवाप्रवाह, विपद् व्यवस्थापनलगायत विषयमा सुधारका लागि व्यक्त गर्नुभएका भावना र मैले हाल गरिरहेको कार्यसम्पदाको भावनाको गति समान छ”, मन्त्री लेखकले भन्नुभयो ।

    उहाँले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरु संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री लेखकले भन्नुभयो, “विपत् व्यवस्थापनमा मनसुनजन्य विपत् एवं भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणले लय समातेको छ, नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारलगायत लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्नेगरी कानुन कार्यान्वयनमा गृह मन्त्रालयअन्तर्गका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको छ ।”

    राष्ट्रियसभाको शून्य समयमा सांसद सुरेशकुमार आले मगरले भूतपूर्व गोर्खा सैनिकहरुको वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “भूतपूर्व गोर्खा सैनिकहरुको वंशजको नागरिकतालाई एनआरएनलाई जस्तै निरन्तरता नदिने भन्ने कुराहरु भइरहेको छ, सायद कानुन पनि सोहीअनुरुप बनेको छ, तर भूतपूर्वहरु वंशजको नागरिकताको निरन्तरता चाहन्छन्, त्यसैले यो विषयलाई सम्वोधन गरियोस् ।” भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन र तलब समान भए पनि वंशजको नागरिकता पाउने विषय कार्यान्वयन नभएको उहाँको भनाइ छ ।

    उहाँले पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि पोखरासम्मको सडक निर्माणमा ढिलाइ भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । “पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड समयमै सम्पन्न नहुँदा त्यो बाटो भएर ओहोरदोहोर गर्ने गर्ने यात्रुहरुले सास्ती भोग्नुपरेको छ, यसबारेमा सरकारले चासो देखायोस्”, उहाँले भन्नुभयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.