• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सेलिब्रेटी क्रिकेटर लामिछानेसँग अङ्कुरम् एकेडेमीका विद्यार्थीको अन्तर्क्रिया

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर ७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेसँग अन्तर्क्रिया गरेका छन् । आइतबार दिउँसो विद्यालयको अडिटोरिय हलमा कक्षा ११ र १२ का विद्यार्थीले क्रिकेटर लामिछानेसँग अन्तर्क्रिया गरे भने विद्यालयको प्राङ्गणमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले क्रिकेटसम्बन्धी प्रश्नहरू सोधे । नेपाली क्रिकेटमा ‘गुगली मास्टर’का नामले परिचित क्रिकेटर लामिछानेसँग विद्यालयका प्राचार्य सुमन पौडेलले कक्षा ११ र १२ का विद्यार्थीहरूका बीच करिब ४५ मिनेट अन्तर्क्रिया गरेका थिए ।

    अन्तर्क्रियाका क्रममा लामिछानेले आफू नवलपरासी र चितवनका टोलटोलमा क्रिकेट खेलेर सिक्दै हुर्किँदै यो स्थानसम्म आइपुगेको बताए । उनले भने, ‘प्रारम्भिक चरणमा चितवनका टोलटोलमा खेल्ने क्रममा कुनै टोलमा विजयी भएको र कतैकतै हारको सामना पनि गरेको तर आफू सधैँ त्यो जितको सकारात्मकतालाई लिएर अगाडि बढेकोले सफल भएको हुँ’, उनले भने, जीवनमा आउने उतारचढावका क्रममा नकारात्मकतालाई पछाडि छोडेर अगाडि बढ्न जरुरी छ ।’ उनले नवलपुर हुँदै चितवनदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय टिममा सहभागी हुनका लागि आफूले कडा मिहिनेत गरेको र खेलप्रतिको लगाव र निरन्तर प्रयासले आफू यो स्थानसम्म आइपुगेको बताए ।

    कुनै पनि क्षेत्रमा सफल हुन धैर्यता र लचकता निकै महत्वपूर्ण हुने बताउँदै उनले कुनैकुनै समयमा आफ्नो प्रतिद्वन्द्वी आफूभन्दा बलियो हुने र त्यसबाट विचलित नभई अर्को खेलको तयारीमा लाग्नुपर्ने बताए । खेलकुद क्षेत्रकै कुरा गर्दा क्रिकेट प्रसिद्ध र टोलटोलमा नाम लिइने खेल भए पनि रग्बी विश्वको पश्चिमी भागमा निकै प्रचलित खेल रहेको र चितवनमा पनि रग्बी प्रतियोगिताको आयोजना भएको सुन्न पाउँदा खुशी लागेको बताए । विदेशी भूमिमा अन्तर्राष्ट्रिय प्रतयोगिताहरूमा भाग लिँदा ‘सानो देशका खेलाडी’ भनेर चर्चा गरिँदा जर्सीमा अङ्कित नेपाली झन्डा र त्यहाँ गुन्जने नेपाली राष्ट्रिय गीतले छाती चौडा हुने र सानो देश भन्ने सोच नै नआउने बताए । सुरुआती समय सम्झँदै उनले ‘तीन सय रुपियाँको जर्सी किन्न पनि मुश्किल भएको र पहिलोपटक नारायणगढको हङ्कङ बजारबाट जर्सी किनेको सम्झिए ।

    उनले आफू पहिलोपटक बंगलादेशमा भएको टी–२० प्रतियोगितामा नेपालको झन्डा अङ्कित २५ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिँदा आफ्नो आँखा रसाएको सुनाए । अभिभावकको प्रमुख लक्ष्य भनेको मेरो छोरा वा छोरीले परीक्षामा कति जिपिए ल्याउँछ भन्ने हुन्छ, विद्यालयले, शिक्षकले वा विद्यार्थी स्वयंले मैले आज फुटबलमा दुई गोल गरेँ, क्रिकेटमा ३२ रन बनाएँ वा दौड प्रतियोगितामा प्रथम भएँ भन्ने कुराले अभिभावकलाई खासै फरक पार्दैन । यस्तो अवस्थामा अभिभावकलाई कसरी विश्वास दिलाउने ? भन्ने प्रश्नमा उनले भने, ‘अभिभावक र परिवारका अन्य सदस्यलाई सम्झाउन वा विश्वास दिलाउन साँच्चिकै गाह्रो हुन्छ, समाजले के सोच्ला भन्ने कुरा बिर्सेर आफ्नै आमाबुबा भएकोले सम्झाउन सकिन्छ तर प्रयास गर्नुपर्छ ।’

    अहिले आएर आपिएलमा नेपाली खेलाडीहरूको नाम आउन छोडेको प्रसङ्ग उल्लेख गर्दै विद्यार्थीले सोधेको प्रश्नमा उनले भने, ‘हामी राष्ट्रका लागि खेल्ने हो, अन्तर्राष्ट्रिय खेलमा जानुअघि नेपाल क्रिकेट संघको अनुमति लिनुपर्ने र अहिले अन्य अन्तर्राष्ट्रिय खेलहरू भएकोले आइपिएलमा नेपाली खेलाडीको नाम नसुनिएको हो ।’ अबको १० वर्षमा नेपाली क्रिकेट कुन स्थानमा हुनेछ र कुन–कुन खेलाडीले उच्च स्थान हासिल गर्नेछन् ? भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘यदि नतिजाले साथ दिएको खण्डमा नेपाल ‘टेस्ट नेसन’ हुने र यो देशका लागि निकै ठूलो कुरा हो’ ‘दीपेन्द्रसिंह ऐरी, आसिफ शेखलगायत धेरै सक्षम खेलाडीहरू हुनुहुन्छ, एकताबद्ध भएर धैर्यतापूर्वक खेल्दै जाँदा अवश्य सफल भइन्छ ।’

    यहाँको जीवनमा एउटा समस्या आयो, त्यसले अवश्य पनि यहाँलाई अप्ठ्यारो पनि प¥यो होला, त्यसको बाबजुद पनि यहाँ चम्किरहनु भएको छ, कसरी ? भनेर सोधिएको प्रश्नको उत्तरमा उनले भने, ‘जीवनमा आउने आरोह–अवरोह र तिनले सिर्जना गर्ने नकरात्मकतालाई बिर्सेर सकरात्मकता अँगाल्दै जीवनलाई सहज बनाउन सकिन्छ’, मैले आफ्नो जीवनमा सकारात्मकतालाई अँगाल्दै अघि बढिरहेको छु, त्यसैले म यो स्थानमा पुगेको हुँ ।’

    तपाईं पनि सुरुआती चरणमा टोलटोलमा सामान्य प्रतियोगिताहरू खेल्दै अन्तर्राष्ट्रियस्तरका खेलहरू खेलिरहनु भएको छ, तपाईंको त्यो बेलाको जस्तै लगनशीलता र क्रिकेटप्रतिको क्रेज भएका दर्जनौँ विद्यार्थी हामीकहाँ छन्, तिनीहरुलाई तपाईंको सुझाव के छ ? भन्ने शिक्षक एसएन खनालको प्रश्नमा उनको उत्तर थियो– ‘आफैप्रतिको विश्वास, प्रतियोगितामा हासिल गर्ने जीत र हारलाई सन्तुलनमा राख्दै उतारचढाकवका बीच स्पष्ट सोच, आत्मविश्वास र दृढ इच्छाशक्तिले निरन्तरता दिइरहनु पर्छ ।’

    अङ्कुरम् एकेडेमीका कक्षा ४ देखि ८ सम्मका बालबालिकाले विद्यालयको प्राङ्गणमा जम्मा भएर राखेको जिज्ञासाहरूको उत्तर दिएका थिए । त्यसैगरी उनले विद्यालयको खेल मैदानमा बलिङ्ग र ब्याटिङ्गसम्बन्धी केही ‘टिप्स’हरू समेत दिएका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.