• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कारागारका कैदीबन्दीले गलैँचा र मुढा बुनेर कमाउँछन् मासिक सात देखि १५ हजार

  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।कारागार कार्यालय चितवनमा रहेका कैदीवन्दीहरु मध्ये २३२ जना कैदीवन्दीहरु घरेलु इलममा लागेका छन् । जस मध्ये १८० जना कैदी हुन भने ५२ जना बन्दी हुन । कार्यालयमा अहिले ४५ जना महिला र ६६८ जना पुरुष गरी ७१३ जना कैदीवन्दी रहेका छन् ।

    कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदी वन्दी गलैचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । उहाँका अनुसार गलैचा बुन्ने ९१ जना र ९६ जना मुढा बुन्ने इलम (काम)मा रहेका छन् । यस्तै यहाँ फर्निचर वनाउने, कपडा सिलाउने, पर्स,व्याग) वनाउने, कपडा बुन्ने (उनीको टोपी, गलवन्दी, स्वेटर वुन्ने), गुडीया, खेलौना वनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुन–चाँदीका गरगहना वनाउने, सिरक डसना वनाउने लगाएतका काममा उनीहरु लागेका छन् ।

    उनीहरुले मासीक रु ७ हजार देखि १५ हजार सम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताई रहनुभएका सानु चेपाङ्ले भन्नुभयो “मैले गलैचा वनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक रु ७ देखि ८ हजार छोराछोरीको लागि पठाउने गरेको छु ।” बिगत ७ वर्ष देखि गैंडा मारेको मुद्धामा कैद सजाय भोग्दै आउनु भएका चेपाङ् आफु कारागार बाहिर रहँदा १२ वर्षको उमेर देखि गलैंचा वनाउने काम गरेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो “सुरुमा हामी दुई जना कैदी मिलेर यो व्यवसाय सुरु गरेका हौ । अहिले यस पेसामा यहाँ भित्रका एक सय भन्दा बढी आवद्ध छन् ।”

    उनीहरुले मासिक रु ७ हजार देखि १० हजार सम्म बचाएर घर पठाउने गरेको उहाँले बताउनुभयो । यहीको कमाईले उहाँले चार जना छोरा छोरीको पढाई खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको सुनाउनुभयो । अहिले आफ्नै नेतृत्वमा गलैंचा बनाउने काम भएको भन्दै उहाँले आफुले कारागार भित्रका झण्डै १ सय जनालाई काम दिन पाएकोमा सन्तुष्ट रहेको बताउनुहुन्छ ।
    आँफुले सबैलाई तालिम दिएर काममा लगाएको उहाँको भनाई छ ।

    कैद सजाय तोकेकाहरुले समय बिताउन र आफ्नो खर्च जुटाउनका लागि सिप मुलक काममा लाग्ने गरेको उहाँले बताउनुभयो । गैंडा मुद्धामानै कैद सजाय भोग्दै आउनुभएका पदम वहादुर प्रजा अहिले मुढा बन्न तल्लिन हुनुहन्छ । उहाँले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च समेत पठाउने गरेको सुनाउनुभयो । बि. सं. २०६९ सालमा गैंडा मारेको मुद्धामा उहाँ पक्राउ परि कारागार चलान हुनु भएको थियो ।

    कारागार आईसके पछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफुले काम गर्न थालेको र अहिले त्यही कामले मिठो मसिनो खान, आफ्नो इच्छा अनुसारको लगाउन र घर परिवारमा समेत खर्च चलाउन सकीएको उहाँले सुनाउनु भयो ।

    लामो समय कैद भूक्तान गर्नुपर्ने यस्ता कैदीहरुलाई यहाँ भएका यस्ता उद्योगहरुले राहत दिने गरेको उहाँले बताउनुभयो । कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार अहिले भित्र रहेर मानसिक समस्या हुनु भन्दा काम गरेर वस्नेको संख्या वढ्न थालेको छ । कारागार व्यवस्थापन बिभागले घरेलु इलम केन्द्रको रुपमा यस्ता कारागारहरुलाई बिकास गर्नका लागि समेत प्रकृया अघि वढाएर कामदारकहरुको संख्या माग गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादीत सामाग्रि स्थानिय वजार सहित काठमाडौं, मकवानपुर, धादिङ् लगाएतका ठाउँमा जाने गर्दछ । कैदी वन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादीत वस्तुहरु गुणस्तरीय हुने गर्दछन् ।रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.