• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

दोगडाकेदार गाउँ शोकमा

  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी।  दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए ।

    सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जनाको मृत्यु भयो । बैतडीका मृत्यु हुने तीनै जना एउटै गाउँका रहेका छन् । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका ६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक रहेका छन् ।

    मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरी रहेका छन् । यस्तै सात जना घाइते पनि भए ।

    गाउँपालिकाका तीनको मृत्यु र सात घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले शोक वक्तव्य निकालेर दुख व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ । मृतकप्रति श्रद्धाञ्जलिका साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना छ ।”

    एकै वडाका तीन युवकको मृत्यु भएपछि गाउँ नै शोकाकुल बनेको छ । गाउँका होनहार युवाको दुर्घटनामा मृत्यु भएपछि दोगडाकेदार ६ शोकमग्न भएको वडाध्यक्ष लक्ष्मीदत्त जोशीले बताए । उनले भने, “तिहारको बेला खुशीयाली मनाउनुको सट्टा, गाउँनै शोकमा डुबेको छ”, उनले थपे, “अन्त्यत्तै दर्दनाक घटना भयो, गाउँमा सन्नाटा छाएको छ ।”

    तराई जानका लागि बसमा चढेका उनीहरु कहिले नफर्कने गरेर बिलाएपछि गाउँ नै शोकमग्न भएको स्थानीय नैनसिंह गोयलाले बताए । उनले भने, “युवा उमेरमै बालबच्चा र छोराछोरी छोडेर तीन युवाको ज्यान गयो”, सँगैका साथी गुमाउँदा निकै पीडा महशुस भएको छ । यो वर्ष तिहार हाम्रा लागि काल बनेर आयो । दोगडाकेदार वडा नं ६ का लागि यो निकै दुखदायी दिन भएको छ”, उनले भने ।

    दुर्घटनामा परी मृत्यु भएका कविन्द्रप्रसाद जोशी आफ्नी श्रीमती र छोरासँगै महेन्द्रनगर गइरहेका थिए । बस दुर्घटनामा परेपछि जोशी कहिल्यै नफर्कने गरी बिलाएका छन् । एक वर्ष अघि मात्रै लोकसेवा पास गरेका कविन्द्रको परिवार शोकमा डुबेको छ । “यो घटनाले कहिल्यै नभुल्ने घाउ बनाएर गएको छ । कलिलो उमेरमा भतिजाको मृत्यु भएपछि परिवारमा ब्रजपात भएको छ”, कविन्द्रका आफन्त हेमराज जोशीले भने, “एक वर्ष अघि मात्रै सरकारी जागीरमा लागेको थियो । हाम्रो परिवारको होनहार सदस्य गुमाउँदा असह्य पीडा भइरहेको छ । दैवले दिएको चोट सहनुको विकल्प छैन् । ”

    कविन्द्रसँगै बसमा सवार श्रीमती र दुई वर्षकी छोरीको डडेल्धुरामा उपचार भइहरेको छ । दोगडाकेदार ६ कै रणबहादुर चन्दको पनि बिहीबार भएकै बस दुर्घटनामा निधन भयो । चन्दको श्रीमती तराई जान लागेका थिए । “घाइते बुहारीको डडेल्धुरामा उपचार भइरहेको छ”, मृतकका आफन्त लोकेन्द्रबहादुर चन्दले भने, “तिहारसँगै नयाँ घरमा बसाइ सर्ने गरी जाँदै थिए, यस्तो होला भनेर सोचेका थिएनौ, के गर्ने नसोचेको भयो ।”

    दोगडाकेदार गाउँपालिका ६ कै करन ऐरीको पनि आफ्नो कलकलाउँदो उमेर बस दुर्घटनामै गयो । सँगैका साथीको ज्यान गएको खबर सुन्दा निकै दुःख लागेको भुवन कार्कीले बताए । श्रीमती र छोरासहित भाइटीकाको लागि माइती घर बेलौरी जान हिँडेका करन बीच बाटोमै बिलाए । उनले भने, “करन कहिल्यै नफर्कने गरेर छोडेर गए”, करनकी श्रीमती र छोरा घाइते छन् ।

    तिहारको समयमा भएको दुर्घटनाले जिल्लामै खल्लो वातावरण भएको छ । चाडपर्वको समयमा धेरै जना आफन्तहरुको भेटघाटमा गइरहेका थिए । यो घटनाले सबैलाई दुखित तुल्याएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उनले भने, “तिहारको बेला भएको ठूलो दुर्घटनाले सबैलाई दुखित बनाएको छ , चाडपर्वको बेला भएको दुर्घटनाले सबैलाई झस्काएको छ,घटनाले सिङ्गो जिल्ला शोकमग्न भएको छ । ”

    दुर्घटनामा घाइते ३४ मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । साहुसमेत रहेका दोगडाकेदार गाउँपालिका–७ खोचलेकका वीरेन्द्र कार्की पनि घाइते भएको दुर्घटनाको कारण खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.