चितवन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल चितवनले पूर्णकालिन सदस्यता वितरण सुरु गरेकौ छ । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आज यहाँ एक कार्यक्रमका बिच पूर्णकालिन सदस्यता बितरण सुरु गर्नु भएको हो । पार्टी कार्यालय कमलनगरमा आयोजित कार्यक्रममा उहाँले तरुणदललै काँग्रेसकौ गुमेकौ शाख फिर्ता गर्ने वताउनुभयो ।
तरुण दलको पाचौ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आँफुरु लागि परेको बताउँदै उहाँले अन्य दलको हल्ला प्रति तरुणदल चनाखो हुन आबश्यक रहेको बाउनुभयो । अध्यक्ष गुरुङले पुर्व राजा ज्ञानेद्रले श्रीपेज आफैले नछोडी जनताले छोड्न बाध्य वनाएको वताउनुभयो । संघीय गणतन्त्रको संसद छिरेर सपथ खाएर तलव भत्ता खाने अनि यो व्यवस्था मान्दैनौ भनेर बुकुर्सी मार्नेहरुलाई संसद पदबाट राजिनामा गर्न चैतावनी समेत दिनुभयो । देशमा द्धन्द्ध चर्काउने धङ्धगी सुनिएको भन्दै अध्यक्ष गुरुङले देशमा फेरि द्वन्द चरकाउने अराजकता गतिविधीहरु प्रती तरुणहरु चनाखो हुनुपर्ने बताउनुभयो । आसन्न स्ववियु चुनावमा नेविसंघको उम्मेद्वारलाई जिताउन तरुणहरुलाई भुमिका खेल्न निर्देशन दिनुभयो ।
सो अबसरमा बिरेन्द्र बहुमुखि क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सभापती उम्मेद्वार सफल गुरुङलाई अध्यक्ष गुरुङले खादा ओढाएर सम्मान समेत गर्नु भएको थियो । कार्यक्रममा भरतपुर महानगर तरुण अध्यक्ष चित्रबहादुर राणालाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ज्युले पुर्णकालिन फाराम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य निर्मल पौडेल ,घनश्याम पौडेल(श्याम ) ,दिपक अधिकारी ,सरिन घिमिरेले जिल्लामा काँग्रेस र तरुणदलको अहिलेको अबस्था बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवन जिल्ला सभापती राजेश्वोर खनाल ,पुर्व पार्टी सभापती विकास कोइराला एवं तरुण दल चितवन जिल्ला अधिवेशन संयोजक राजन ताम्राकार लगाएतले बोल्नुभएको थियो ।








