नवलपुर । लामो समयको लकडाउनका कारण मादलको ब्यवशाय नभएपछि ब्यवशायी मर्कामा परेका छन । कोभिड १९का कारण ब्यवशाय शुन्य भएको ब्यवशायीको भनाई छ । मानिस आधुनिकताका रुपमा मनोरञ्जन लिन थालेपछि मादल केहि मात्रामा बिक्रि हुने गरेतापनि अहिले कोरोनाका कारण चाडपर्व नजिकिदा ब्यापार नभएको हुलाकी मादल पसल कावसोतीका राम्रसाद नेपालीले बताए । बिशेष गरी देउसी भैलोलाई लक्षित गरी मादल बनाउने गरेपनि कोभिडले गर्दा यस बर्ष खासै मनोरञ्जन नहुने भएपछि मादलको बिक्रि समेत नभएको नेपालीको भनाई छ । नेपालीले भने, मादल मात्रा होईन अहिले खैजडी लगायत अन्य बाजाहरुको समेत ब्यापार छैन, निर्माणका लागि कच्चा सामागी्रको कुरा छौडौँ,भाडा समेत तिर्न नपाएको नेपालीको भनाई छ ।








