• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

  •   बिहिबार, फागुन २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

    परिषद्ले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा स्ववलम्बन, सुशासन, शिक्षा समाज जीवन तथा राष्ट्रियस्तरका विषयमा देशभरका युवा वर्गको सकारात्मक दृष्टिकोणको विकासका साथै युवाको राष्ट्रप्रतिको दायित्वबोधका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन यही २०८१ चैत्र २, ३ र ४ गते सुन्दर एवम् पर्यटकीय नगरी भरपुर चितवनमा सम्पन्न हुन गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको हो । अधिवेशन देशमा बढिरहेको भ्रष्टाचा, दुव्र्यसनी, बेरोजगारी आर्थिक एवम् पर्यावरण संकट, बढेदो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने उहाँले बताउनु भयो ।

    साथै अधिवेशन मार्फत देशको शिक्षा, आर्थिक , समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्ले जनाएको छ । त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि दशौँ राष्ट्रिय अधिवेशन केन्द्रीत रहने महासचिव विष्णुप्रसाद पंगेनीले बताउनु भयो । सम्मेलनमा राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद् दलगत राजनीति भन्दा माथी रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्त राष्ट्र प्रथम भावका साथ काम गरिरहेको विषय बताउनु भयो ।

    साथै परिषद्को ध्येय असल व्यक्ति निर्माण गर्ने रहेकोले राष्ट्र राष्ट्रियताका लागि दलगत स्वार्थलाई त्याग गरि व्यक्ति निर्माणको केन्द्र क्याम्पस विश्वविद्यालयमा दलीय भागबन्डाको अन्त्य, राजनीतिक हस्तक्षेपको अन्त्य गरी सुसंस्कृत व्यत्ति र नागरिक निर्माणका लागि काम गरिरहेकोले यस्तो कार्यमा संचार जगतले पनि साथ र सहयोग गर्नु पर्ने विषय बताउनु भएको थियो ।

    त्यसैगरी देशभरबाट आउने १ हजार प्रतिनिधिहरूलाई सहजतापूर्ण रूपमा कार्यक्रममा सहभागी हुनका भरतपुर स्थित चितवन उद्योग संघमा सम्पूर्ण व्यवस्थापनहरू भइरहेको, अधिवेशन स्थलको रङरोगन, तोरण, झण्डा लगाउने देखिलिएर प्रचार प्रसार, मञ्च व्यवस्थापन लगायतका कार्यहरू दुर्तगतिमा भइरहेको, प्रतिनिधिहरूका लागि खान बस्न लगायतका सम्पूर्ण चिजहरूको पनि सम्पूर्ण बन्दोबस्त भइसकेको साथै उक्त व्यवस्थापनका लागि आर्थिक रूपमा स्थानीय सरकार, समाजसेवी, व्यावसायी शुभचिन्तक र भरतपुरका नागरिकले सहयोग गरिरहेको लगायतका विषयहरूको बारेमा अधिवेशन व्यवस्थापन प्रमुख राजु सापकोटाले जानकारी दिनु भयो ।

    त्यसैगरी अधिवेशन चैत्र २ गते दिउँसो २ः०० बजे उद्योग संघको सभाहलमा सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि प्रसाद लम्साल र भरतपुर महानगरका मेयर रेणु दाहालको पनि विशेष उपस्थिति रहने महासचिव पंगेनीले जनाउनु भयो । त्यसैगरी राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण हुमागाईंले विद्यार्थी परिषद्ले देशको शिक्षा क्षेत्रमा विपद्यार्थीहरूलाई रचनात्मक गतिविधि गर्दै आइरहेको र राष्ट्र व्यापीरूपमा परिषद्को प्रभाव पनि बढदै गएको सन्दर्भमा परिषद्ले यो अधिवशेन ऐतिहासिक रूपमा पर्यटकीय नगरी चितवनको भरतपुरमा गर्न गइरहेको विषय बताउनु भएको थियो ।

    तीनदिन सम्म चल्ने अधिवेशनमा विभिन्न समयमा अलग अलग सत्रहरू सञ्चालन हुने जसमा समानान्तर सत्र चैत्र ३ गते विहान “वर्तमान शिक्षा प्रविधिको उपयोगिता एवं प्रभाव” भन्ने विषय रहने छ भने चैत्र ४ गते विहान “राष्ट्रिय सुरक्षा र सुशासन”को विषयमा रहने महासचिव पंगेनीले बताउनु भयो । त्यसैगरी क्रमश चैत्र ३ गते दिउँसो शोभा यात्रा रहने छ जसमा विद्यार्थीहरूले अधिवेशन स्थलदेखि पुल्चोक हुँदै भरतपुरको विभिन्न ठाउँको परिक्रमा गर्दै खुल्ला अधिवेशन हुने र देशभरबाट सहभागि युवा विद्यार्थीहरूले अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रस्ताव पारित सत्र:  अधिवेशनमार्फत् देशको शिक्षा, आर्थिक र समसामयिक विषयमा महत्वपूर्ण प्रस्तावहरू पारित हुने, स्वास्थ्य सेवी दिनेश तामाङलाई विद्यार्थी परिषद्ले वितरण गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार वितरण गर्ने कार्यक्रम रहने छ । त्यसैगरी, चैत्र ४ गते दिउँसो नयाँ केन्द्रीय कार्यकारिणी समिति घोषणा गर्ने र सोही दिन दिउँसो । विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिवको समापन भाषण रहने छ र तत् पश्चात् उक्त अधिवेशन समापन हुने परिषद्का महासचिव विषणु प्रसाद पंगेनीले उक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.