काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जनामा संक्रमण देखिएको हो । जसमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । आज देशभर थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७६६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७३ हजार ३४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।








