• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

टोखाबाट बरामद २५ करोडका मालिक भेटिए, माओवादीनिकट विवादित व्यापारी भएको पुष्टि

  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ। विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार पौडेलले नै ट्रक चालकलाई उक्त रकम चीन लैजान भन्दै दिएका थिए।

    पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए। २१ वर्ष पहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनी रक्तचन्दनको तस्करीमा समेत मुछिएका थिए। चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा लागेको निष्कर्षमा विभाग छ। उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ। राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरु समेत नियन्त्रणमा लिइसकेको र पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो। त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३ वर्षका कुसाङ लामा त्यतिबेलै पक्राउ परेका थिए। उनलाई अहिले पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो।

    ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएका थिए। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो। उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.