• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

युवालाई रक्तदानमा उत्प्रेरित गर्न नारायणी किनारमा कन्सर्ट, चैत्र ३१ गते पाँच ब्याण्डको प्रस्तुती

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा कन्सर्ट गरिँदै छ । नारायणगढस्थित नारायणी नदी किनारमा चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे छ । कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

    कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ । युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन खोजिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको छ । साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ ।

    यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । कम्तिममा १५ लाख बराबरको एप्स बनाउने तयारी गरिएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर गरिएको छ । एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् ।

    केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ ।

    कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एप मार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुबाट समेत टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएइको छ । कन्सर्टमा सहभागि भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लाबासीसहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आह्वान गरेको छ ।

    सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.