काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा/हिमपात भईरहेको छ साथै प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक बदली हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








