नवलपरासी । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीबाट जुवा खेलीरहेको अवस्थामा १३ जना जुवाडेहरुलाई पक्राउ परेका छन् । प्रहरीले आईतवार सा“झ जुवा खेलीरहेको अवस्थामा ४ लाख ३७ हजार ९ सय २५ रुपैयाको जुवाको खालसहित पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार खालमा ५० हजारको चेक र बाँकी नगद रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दघाटका ९ जना सरावलका १ जना र विनयी त्रिवेणीका ३ जना गरी १३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जग्गाका ब्यापारी देखि शिक्षक सम्मका ब्यीक्तहरु रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि अहिले जुवातास मुद्धा दर्तागरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक होमनाथ रेग्मी ले जानकारी दिनु भएको छ ।








