• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देश बिकाशमा मतभेद नराखौः प्रधानमन्त्री ओली

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बिकाशमा मतभेद नराख्न आग्रह गर्नुभएको छ । पुलचोक–गोन्द्राङ् ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिले निर्बाचन नआएकाले बिकासमा केन्द्रीत हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो “अहिले चुनाब लाग्या पनि छैन र अहिले चुनाब प्रचार गनु प¥या पनि छैन । त्यतापट्टी गईहाल्नु परेको आबश्यकता पनि छैन ।” उहाँले थप्नुभयो “म आग्रह गर्न चाहान्छु सबैलाई सधै राजनिति मात्रै सधै चुनबमात्रै होईन । बिकाशमा ध्यान दिउँ । हामीले एक भएर देश वनाउनुपर्ने छ । मतभेदमा होईन एकतामा जोड दिउँ ।”बिचारमा बिभिधता हुन सक्ने भन्दै उहाँले देशको बिकाश गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ देशको बिकाश सबैले गर्नै पर्छ ।

    हामी सबै मिलेर बिकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन ।” अर्काको सहयोग सधै नटिक्ने भन्दै उहाँले त्यस्ता सहयोग अहिले धरापमा परेको बताउनुभयो । उहाँले जोड दिदैं भन्नुभयो “अरुका वलमा लडिने लडाई अरुका भरमा गरिने बिकास ती सबै देखेका छौ त्यो काम लाग्दैन । आफ्नो वलमा आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अघि वढेर बिकास गर्नुपर्छ ।” आफ्नै बलमा देशलाई सुदृण, एकतावद्ध गर्न सक्ने भन्दै उहाँले राष्ट्रियतालाई मजभूत पार्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “डेमेक्रेसीलाई बलियो पार्ने, बिकास गर्ने र सुसासनलाई बलियो वनाउने कुरामा एकजुटका साथ अघि वढ्न आग्रह गर्छु ।”देश बिकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र बिकासमा लागेको बताउनुभयो ।

    कानुन तोड्नेलाई कानुनले नछाड्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलाीले भन्नुभयो “जसले कानुन तोड्छ, उपद्रो गर्छ । कानुन विपरित हुन खोज्छ भने सरकारले छोड्दैन ।” सुशासनको प्रत्याभूति गराउँदै क्षमता अनुसार सेवा पु¥याउन सरकार लागेको उहाँले बताउनुभयो । देश अनेक उतारचडापबाट चल्दै आएको भन्दै उहाँले भौतिक पूर्बाधारका क्षेत्रमा २०४७ साल पछि फड्को मारेको बताउनुभयो । उहाँले भन्नुभयो “ अलि ढिला भएको छ तर बिकासले गति लिएको छैन भन्ने कुरा होईन । बिकासमा काफि प्रगति गरेको छ ।” पूर्बाधार तयार भए पछि अरु बिकासलाई त्यसको जगमा टेकेर अघि वढ्न सकिने भन्दै उहाँले त्यस तर्फ आँफु लागिरहेको बताउनुभयो । भौतिक निर्माणका क्रममा एकै पटक सबै काम गर्नुपर्नेमा जोड दिदैं उहाँले बनाउने र भत्काउने काम गर्न नहुने बताउनुभयो ।

    चितवन जिल्ला ऐतिहाँसीक महत्व वोकेको जिल्ला भएको भन्दै यस ठाउँको इतिहाँस त्रेता युग देखिको रहेको बताउनुभयो । उहाँले भन्नुभयो “राम जन्म देखिको इतिहाँस छ । त्यहाँ देखिको लामो इतिहाँस छ । यो भूभाग बास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो ।” यही चौडा सडक वनाउनुको कारण देशकै मध्यभाग भएको उहाँको भनाई थियो । उहाँले भैरहवा, बिरगञ्ज, पोखरा र काठमाडौंको मध्य भागमा पर्ने भएकाले यहाँको सडक एसियली मापदण्ड अनुसार नमुना सडक वनाईएको बताउनुभयो । पूर्बपश्चिम राजमार्ग पुरैलाई फराकीलो वनाईने भन्दै उहाँले सबै ठाउँमा यति चौडा नहुने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक वनाईएको उहाँको भनाई थियो ।

    नारायणगढको पुलचोक देखि भरतपुरको गोन्द्राङ् सम्मको यो ६ लेन सडक मिति २०७७ साल असोज २६ गते इण्डो सगुन जे.भी. संग २८ मिहनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । सडकको त्यसै वर्षको माघ १७ गते तत्कालिन अबस्थामा समेत प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले शिलन्यास गर्नुभएको थियो । ६ दशमलब ०८ किलोमिटर लामो सडकको लगत स्टमेट अनुसारको लागत मूल्य रु १ अर्ब ६३ करोड ३६ लाख ६३ हजार रहे पनि रु १ अर्ब १३ करोड ८१ लाख ६९ हजारमा सम्झौता भएको थियो । काम सम्पन्न हुँदै गर्दा रु १ अर्ब १३ करोड ३५ लाख ३४ हजारमा भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ. कृष्ण आचार्यले जानकारी दिनुभयो । एसियन मापदण्डको हाइवे अन्तर्गत यो सडकखण्ड पहिले दुई लेन मात्रै रहेको थियो ।

    आचार्यका अनुसार सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै तर्फ थप १÷१ सर्भिस लेन तयार गरिएको छ । सडक विस्तारसँगै दुवैतर्फ ६ सय सडक बत्ती जडान गरिएको छ । ५० मिटर चौडाइ रहेको ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिनुभयो ।

    सडकको दायाँबायाँ ११.५÷११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दुबो लगाउने र आर्कषक फूलहरूका बिरुवा रोप्ने काम भएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटनाको जोखिम समेत कम हुने अपेक्षा गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.