• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नवलपुरमा गैँडाकोटबाट जग्गाको नापजाँच सुरु

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । भूमि समस्या समाधान आयोग नवलपुरले भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने तयारीसहित काम सुरु गरेको छ । आयोगले आइतबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ३ केलादीबाट भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारीसहित नापजाँचको काम सुरु गरेको हो ।

    कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले चुनावको बेलामा सुकुमबासी, दलित भूमिहीनहरुप्रति गरेको प्रतिबद्धता अनुसार काम गर्न सुरु गरेको बताउनुभयो । लामो समयदेखि जमिन कुरेर बसेका व्यक्तिलाई जग्गाको मालिक बनाउने कामको प्रकृया सुरु भएको भन्दै नगरप्रमुख अधिकारीले अब पुर्जा पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । सरकार तलमाथि नभए तथा कानुनले नरोकेको अवस्थामा आगामी भदौसम्म लालपुर्जा वितरण गरिने उहाँको भनाइ छ । जग्गा नापजाँचका क्रममा भूमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले यसअघि अस्थिरताको कारण आयोगले काम पूरा गर्न नसकेका बताउनुभयो ।

    अहिले नापजाँच सुरु भएको केलादीमा जङ्गल रहेको भए पनि २०७६ को कानुनले १० वर्ष बसोबास भएको तर रुख नभएको जमिन भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई दिन सकिने भनेको कारण जग्गा नापजाँच सुरु गरिएको बताउनुभयो । जग्गाको पुर्जा वितरणका लागि नौ वटा चरणहरु पार गर्नुपर्ने भन्दै अध्यक्ष खरेलले अहिले सुरु भएको जग्गा नापजाँचको चरण चौथो भएको बताउनुभयो । गैँडाकोट नगरापलिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा निर्वाचित भएर आउँदा यही केलादीबाट विद्युतीकरण सुरु गरेर पूरा गरेकोमा अहिले लालपुर्जाको काम पनि यहाँबाट सुरु भएको र पूरा हुने बताउनुभयो ।

    विवाद रहित तरिकाले काम गरेर चाँडो लालपुर्जा वितरण गर्ने तयारीमा आफूहरु रहेको उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकाको भूमि तथा जग्गा प्रशासन शाखा प्रमुख विष्णुराज गौतमले नगरस्तरीय सहजीकरण समिति निर्माण गरी कार्ययोजना बनाएर जग्गाको नापजाँचको काम सुरु गरेको बताउनुभयो । अबको दिनमा कार्ययोजनाअनुसार अगाडि बढिने गौतमले बताउनुभयो । काम छिटो र सहज तरिकाले गर्न फिल्डको कामसँगै कागजपत्र तयार पार्ने कामसमेत सँगसँगै लैजाने उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.