चितवन । चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिएका छन । उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै बुधबार साँझ ५ः४० बजे मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन उनको खोजी तीब्र पारिएको थियो । पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए ।
न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरे । यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए । उनि ८ गते साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो ।
मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीब्र पारेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।








