• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गरिबले उपचार गर्ने अस्पताल आर्थिक संकटमा, बिमाले पैसा नदिएपछि २४ वटा परीक्षण रोकियो

  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा भरतपुर अस्पताल आर्थिक सङ्कटमा फसेको छ । अस्पतालले चालू आर्थिक वर्ष २०८१/८२ मा पाउनुपर्ने ५० करोड रूपैयाँभन्दा बढी शोधभर्ना रकम पाएको छैन । बोर्डले शोधभर्ना रकम नदिएपछि अस्पतालले बिमामार्फत गर्दै आएको विभिन्न २४ वटा प्रयोगशाला परीक्षण बन्द गरेको छ । अस्पतालले गएको चैत २८ गते सूचना प्रकाशन गरी भिटामिन डी, क्याल्सियम, फोलिक एसिड, भिटामिन बी१२ लगायतका परीक्षण स्वास्थ्य बिमामार्फत गर्न नसकिने जनाएको हो । यसअघि बिमामार्फत परीक्षण गराउँदा विरामीले १० प्रतिशत मात्र तिरे पुग्थ्यो । अब एउटा परीक्षणको सतप्रतिशत अर्थात् १६ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।

    बिमा बोर्डले शोधभर्ना रकम नदिएपछि बिमामार्फत हुने २४ वटा परीक्षण रोकिएको भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले बताए । ‘५० करोड आउँछ भनिएको थियो, अहिलेसम्म आएको छैन’, उनले भने, ‘लिस्ट निकालेका २४ वटा जाँचहरु ज्यानै बचाउने खालका होइनन्, त्यसकारण ती जाँचहरुचाहिँ हामीले बन्द नै गरेको हो’, उनले भने । अस्पतालले औषधि, रिएजेन्टलगायतको गरी करिब १२ करोड रूपैयाँ तिर्न बाँकी रहेको उनले बताए । ‘फागुनदेखि यता हामीले पार्टीहरुलाई भुक्तानी दिनै सकेका छैनाँै, पार्टीहरुले अब हामीलाई सामानै नदिने अवस्थामा पुग्नुभएको छ’, उनले भने, ‘बिमा बोर्डले तत्काल भुक्तानी नदिने हो भने हामी आर्थिक विषमतामा प्रवेश गर्छाैं, अहिले हामी आर्थिक विषमताको संघारमा छौँ ।’ बिमा बोर्डले भुक्तानी दिँदा अस्पताल सञ्चालनमै समस्या भएको बताउँदै उनले कम्तीमा २० करोड रूपैयाँ तत्कालै आवश्यक रहेको बताए ।

    सरकारले आगामी आवका लागि अस्पतालको बजेट पनि घटाउन लागेको उनले बताए । चालू आवमा ४३ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ नै घटाएकाले आगामी आवमा अस्पतालले करिब १० प्रतिशत बजेट कम आउने अनुमान गरेको उनको भनाइ छ । भरतपुर अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बिरामी बिमामार्फत उपचार गराउने बिरामी हुन् । स्वास्थ्य बिमा भएका बिरामीले सरकारी अस्पतालमा १० प्रतिशत उपचार खर्च तिर्नुपर्छ । बाँकी ९० प्रतिशत खर्च बिमा बोर्डले अस्पताललाई सोधभर्ना दिने गर्छ । स्वास्थ्य बिमा कार्यक्रममा समस्या आउँदा देशभर अस्पतालहरुले समयमै भुक्तानी पाउन सकेका छैनन् ।

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिमाबाट प्राप्त हुनुपर्ने रकम नआए बिमामार्फत हुने सेवा कटौती गरिने बताए । ‘बिमाको रकम आएन भने क्रमिकरुपमा सेवा कटौती गर्दै जान्छौँ । हामीले पाउनुपर्ने ५० करोडमध्ये आधामात्रै भुक्तानी पाए पनि अस्पताल सञ्चालनमा सहज हुनेथियो’, उनले भने । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यले बिमा बोर्डबाट गत आवमा पाउनुपर्ने ३७ करोड रूपैयाँ चालू आवमा प्राप्त भएको बताए । ‘बिमाका बिरामी उपचार गरेर हामीले मासिक छ करोड रूपैयाँ दाबी गर्दै आएका छौँ । चालू आवको हालसम्म हामीले पाउनुपर्ने ५० करोड नाघिसकेको छैन, एक रूपैयाँ पाएका छैनौँ’, उनले भने । बेवारिसे र विपन्न बिरामीको निःशुल्क उपचार हुने सामाजिक सेवामा पनि बजेट अभाव भएको अस्पतालले बताएको छ । उनले अस्पतालले पछिल्लो तीन महिनामा गरेको प्रमुख कार्यहरुबारे जानकारी गराए ।

    ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका बिरामीलाई छुट्टै बिलिङ काउन्टरसहित दुईवटा काउन्टर थप गरिएको र बिरामीले आफैँ ल्याब रिपोर्ट प्रिन्ट गरी लिन सक्ने भेन्डिङ मेसिनको सुरूवात गरिएको उनले बताए । त्यस्तै, बिरामीका लागि निःशुल्क सटल बस, विशेषज्ञ चिकित्सकसँग परीक्षणका लागि अग्रिम बुकिङ सुविधा, प्लास्टिक झोला निषेधित क्षेत्र घोषणा र इन्डोस्कोपिक अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । अस्पतालमा संघीय सरकार र अस्पताल विकास समितिसमेत गरी १२ सय ५० जना कर्मचारी कार्यरत छन् । ६०० बेडमा सञ्चालित यस अस्पतालमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने भनिए पनि कार्यान्वयन हुन सकेको छैन । क्याथ ल्याबलगायत विभिन्न छवटा नयाँ सेवा थप्ने अस्पतालको तयारी छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.