• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक ३७ प्रतिशत घटे

  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्यामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०/८१ चैत महिनाको तुलनामा चालु आव २०८१/८२ चैतसम्म चितवन निकुञ्ज घुम्न आउने पर्यटक ३७ प्रतिशतले कमी आएको देखिएको छ । निकुञ्जका अनुसार गत आव चैतसम्म २ लाख ५० हजार ३ सय ६७ आन्तरिक तथा वाह्य पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । चालु आव चैत मसान्तसम्म भने १ लाख ८२ हजार २ सय २७ पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए ।

    उनका अनुसार चालु आव चैतसम्म ९२ हजार ८ सय ९० नेपाली, सार्कका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । गत आव चैतसम्म १ लाख ५० हजार नेपाली, २३ हजार ६ सय ३८ सार्कका र ७५ हजार ९ सय ४४ तेस्रो मुलुकका पर्यटकले निकुञ्ज घुमेका थिए । प्रमुख संरक्षण अधिकृत पन्तले निकुञ्जमा आफूहरू धेरै भीड बढाउने पक्षमा नभएको बताए ।

    उनले निकुञ्ज भ्रमण गर्ने पर्यटक संख्या र सफारी गर्ने जिप संख्यामा कमी आउँदा पर्यटकसँगै राजस्व घटेको भने बताए । पर्यटक र राजस्व लक्ष्य यति नै भन्ने नहुने भन्दै पन्तले गुणस्तरीय पर्यटकमा जोड दिइएको बताए । उनले आफूहरूको ध्यान संरक्षणमा केन्द्रित रहेको दाबी गरे । पन्तले यस्तो दाबी गरे पनि गत वर्ष निकुञ्जमा जिप सफारी निकैपछि खुल्नु, असोजमा बाढी आएको घटनाले पर्यटक संख्यामा कमी देखिएको हो । अघिल्लो आव चैतसम्म १ लाख ५० हजार नेपालीले निकुञ्ज भ्रमण गरेकोमा चालु आव चैतमा घटेर ९२ हजारमा अडेको छ ।

    चैतसम्म ६ हजार ७ सय ८३ वटा जिपमा उनीहरूले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज घुम्नेमा ५० हजार १ सय नेपाली पुरुष र ४२ हजार ७ सय ९० नेपाली महिला छन् । निकुञ्जभित्र जिपमा मात्रै पर्यटक घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिप निकुञ्जले ५ हजार लिने गर्दछ । निकुञ्जमा नेपाली पर्यटकसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, सार्क पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

    चितवनमा मुख्यगरी निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडाजस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारू संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटक हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्न पर्यटकले टिकट काट्नु पर्दछ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.