• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन,बाँकी १० किमी काम अन्तिमचरणमा

  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ । नारायणी नदी पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्धनको काम अन्तिमचरणमा रहेको आयोजनाले जनाएको छ । पाँच किलोमिटरका दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यसअघि जनताको तटबन्ध कार्यालयले १० किमी र नाम परिवर्तन भएसँगै यो आयोजनाले अरु काम गरेको हो । रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको सूचना अधिकारी लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो “अब तीनवटा प्याकेजको काम सुरु भएसँगै चितवनतर्फको नदी तटबन्धनको काम सकिन्छ । जनताको तबन्धन कार्यालयले १२ वर्षअघि सम्पन्न गरेको १० किलोमिटर नदी व्यवस्थापनलाई पुनः मर्मत गर्नुपर्ने अवस्था छ । यसमा पनि आवश्यक गर्छौं ।”

    पहिले जालीमा ढुङ्गा हालेर तटबन्धनको काम गर्ने गरिएको थियो । पछिल्लो समय ठूला–ठूला ढुङ्गाको प्रयोग गरेर कङ्क्रिटवाल लगाउने गरिएको उहाँले लम्सालले जानकारी दिनुभयो । यसले ३० वर्ष सम्म सुरक्षित हुने भए पनि तारजालीमा हालिएको ढुङ्गाले १२ देखि १५ वर्षसम्म मात्र काम गर्ने अनुमान उहाँको भनाइ छ । काम भए पनि ती खण्डमा निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई बजेट अभावका कारण करिब रु ९० करोड भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । गत आर्थिक वर्षमा रु एक अर्ब १३ करोड ६४ लाखको दायित्व यसवर्ष दायित्व पूरा गरेकाले यस वर्षको तिर्नुपर्ने रकम थप जिम्मेवारीका रूपमा रहेको हो ।

    आयोजना प्रमुख इञ्जिनियर चक्रविक्रम सिंह बजेट अभाव भएपछि तटबन्धको काममा ढिलासुस्ती भएको बताउनुहुन्छ । “चितवन र नवलपरासीतर्फ नदी किनारलाई विभिन्न ११ खण्डमा विभाजन गरी तटबन्ध गरिएको हो । अधिकांश खण्डको काम सम्पन्न भइसकेको छ । अब बजेट निकासा भएसँगै बाँकी रकम भुक्तानी गर्छौं”, उहाँले भन्नुभयो । चितवनको भरतपुर महानगरपालिका वडा नं ४ र १६ को क्षेत्रमा भइरहेको तटबन्धको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ । भरतपुर महानगरपालिका—२६ को भगडी–सिसै क्षेत्रमा भएको तटबन्धको भौतिक प्रगति ३५ प्रतिशत छ । यस कार्यले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूको जोखिम न्यूनीकरणमा सघाउ पुगेको छ । रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.